दुई दिन ‘जोगिरा सररर’
रुपन्देहीका थारू गाउँमा यो वर्षको होलीको तयारी सुरु भएको छ । खास गरी जिल्लाको सैनामैना नगरपालिकाका थारू गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी होली मनाउन लागिएको थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले बताउनुभयो ।
पाल्पाका सबै पालिकामा क्षयरोगी
पाल्पामा दुई सय बढी क्षयरोगी भेटिएका छन् । जिल्लाको दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । चालु आवको नौ महिनाको अवधिमा जिल्लाभर २२७ जना क्षयरोगी पत्ता लागेको कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
परम्परा जोगाउँदै फागु पर्व
पाल्पामा ऐतिहासिक परम्परा अनुसार फागु पर्व मनाउने तयारी भएको छ । पाल्पासहित पहाडी जिल्लामा शनिबारदेखि नै फागु नाच्ने प्रचलन रहेको छ । पाल्पाको ऐतिहासिक स्थल लालपाटी, चिदीपानी, रिब्दीकोट, तानसेनमा फागु (होली) पर्वमा विविध कार्यक्रम गर्ने तयारी छ । परम्परादेखि स्थानीय भेला भएर बगनासकाली–१ को लालपाटीमा रङ लगाएर रमाइलो गर्ने प्रचलन छ ।
एमाले बाँके अधिवेशन जेठमा
नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८० जेठ महिनामा हुने भएको छ । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा शुक्रबार नेपालगन्ज सम्पन्न जिल्ला कमिटीको १० औँ पूर्ण बैठकले जेठ २ र ३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
सुरुभयो ट्रष्ट माइक्रो इन्स्योरेन्स
रुपन्देहीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी शुभारम्भ भएको छ । रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरमा शुक्रबार एक समारोहबिच माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले उद्घाटन गर्नुभयो ।
‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।
भरुवा बन्दुकसहित एक जना पक्राउ
भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लिलाबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।
फत्तेवालमा २७ लाखभन्दा बढीले गराए आँखाको उपचार
नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि हालसम्म २७ लाखभन्दा बढी नागरिकको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ।
दाङमा एसइईका लागि ४७ परीक्षा केन्द्र तोकियो
दाङमा यस वर्ष १२ हजारभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा
कपिलवस्तुको बाणगङ्गा नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा भएको छ ।
रामपुरमा स्केट जोन निर्माण हुँदै
रामपुरमा स्केट जोन निर्माण सुरु भएको छ ।
दुई स्वास्थ्य संस्था प्रदेशकै पहिलो किशोर-किशोरीमैत्री घोषणा
बाँके जिल्लाका दुई वटा स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेशकै पहिलो किशोर–किशोरीमैत्री घोषणा गरिएको छ ।
लाइसेन्स प्राप्त नौ सयभन्दा बढी हतियार
दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षको फागुन महिनासम्म लाइसेन्स प्राप्त हतियारमध्ये ६७ वटा हतियारको मात्रै नवीकरण गरिएको जनाइएको छ । लाइसेन्स प्राप्तमध्ये धेरै हतियारको नवीकरण हुन सकेको छैन ।
गुणस्तर वृद्धिसँगै सामुदायिक विद्यालयमा छोराछोरी
गुल्मीको छत्रकोट गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धिसँगै सबैमा विश्वास दिलाउन गाउँपालिकाले यस्तो निर्णय गरिएको बताइएको छ । गाउँ कार्यपालिका र शिक्षा समितिको बैठकबाट यो निर्णय गरिएसँगै यहाँका जनप्रतिनिधि तथा कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारी सबैले आफ्ना छोराछोरीलाई आगामी शैक्षिकसत्र २०८१ देखि अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ ।
बिस प्रतिशत घरमा छैन शौचालय
खुला दिसामुक्त नेपालका २२ पालिका २० प्रतिशतभन्दा बढी घरपरिवार शौचालयविहीनको सूचीमा रहेका छन् । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेश प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचीमा रहेका छन् । जसमध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेश प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्साका पालिका रहेका छन् ।
सिक्टा सिँचाइले लिफ्टिङ सिँचाइ योजना पनि सञ्चालन गर्ने
सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ । सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा डिभिजनल इन्जिनियर सन्देश पौडेलले बाँकेको राप्तीसोनारी गाउँपालिका–८, बालापुर र वडा नम्बर ९ को ढकेरी तथा वडा नम्बर २ कचनापुर क्षेत्रमा परीक्षण परियोजनाका रूपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने बताउनुभयो । उहाँले लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा रहेको र कचनापुरमा केही समयपछि ठेक्का हुने बताउनुभयो ।
लुम्बिनीमा समृद्धिका लागि विश्व शान्ति सम्मेलन सुरु
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।
गुल्मीबाट एसइई दिने विद्यार्थी घट्दै
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो तीन वर्षको तथ्याङ्कमा जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थी घट्दै गएको देखिएको हो ।
दैनिक लाखौँको अवैध सामान प्रहरीद्वारा बरामद
भारतसँग सिमाना जोडिएको बाँकेमा दैनिकजसो चोरी तस्करीका घटना हुने गरेको छ । भारतसँग खुला सिमानाका भएका कारण यहाँ दैनिकजसो हुने चोरी तस्करीमा संलग्नहरूबाट लाखौँ रुपियाँ बरावरको सामान बरामद भइरहेको प्रहरीले जनाएको छ ।
अध्यक्ष कपको उपाधि रामपुरलाई
रैनादेवी छहरामा सञ्चालित अध्यक्ष कपको उपाधि रामपुरले जितेको छ । रामपुर र रम्भाको बिचमा भएको प्रतिस्पर्धामा रामपुरले रम्भालाई ३–२ को सेटमा हराउँदै उपाधि हात पार्न सफल भएको हो ।
स्ववियू कप भलिबल सुरु
दाङको घोराहीमा जिल्लास्तरीय स्ववियु कप भलिबल प्रतियोगिता–२०८० सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा स्ववियु कप भलिबल प्रतियोगिता सुरु भएको हो ।
६ वटा उद्योगको पानी परीक्षणका लागि पठाइयो
बाँकेको कोहलपुर र सो वरिपरिका क्षेत्रमा सञ्चालनमा रहेका पानी उद्योगले उत्पादन गर्दै आएको खानेपानी गुणस्तरीय नभएको भन्दै स्थानीयको गुनासो गरेपछि पानी परीक्षण गर्न पठाइएको छ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –१० धरम्पानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जना बालकको मृत्यु भएको हो ।
होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही हुने
जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबरजस्ती रङ दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ ।