मध्यविन्दु क्याम्पसले सुरु गर्यो नियमित योग अभ्यास
नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसले नियमित योग अभ्यास तथा जीवनशैली व्यवस्थापन कार्यक्रम सुरु गरेको छ ।
नेपालगन्जका मासु पसलको अनुगमन
बुटवलमा सडेको मासु बिक्री भएको पाइएको कुरा सार्वजनिक भएपछि नेपालगन्ज उपमहानगरपालिकाले पनि नेपालगन्जका मासु पसलहरूमा अनुगमन सुरु गरेको छ ।
दन्त चिकित्सकहरूको क्षेत्रीय कार्यशाला
मुख तथा दन्त स्वास्थ्य सेवाका बारेमा विभिन्न जानकारी आदान प्रदान गर्ने उद्देश्यले यस क्षेत्रका दन्त चिकित्सकहरूको पहिलो क्षेत्रीय कार्यशाला नेपालगन्जमा सञ्चालन भएको छ ।
अल्लोको धागो तयार गरिँदै
दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको विश्वासिलो अल्लो धागो तथा कपडा उद्योगमा आबद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै । अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने गरेपछि धागो काट्नका लागि भुवा तयार हुने गर्छ ।
दुर्घटनामा चालक सहित तीन जना घाइते
पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका– १ गुणादीमा शनिबार बिहान ८:२० कार बसमा ठक्कर खाँदा तीन यात्रु घाइते भएका छन् ।
यातायात व्यवसायीको निर्वाचन आज
रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिमा चुनावी ताप बढेको छ । व्यवसायीले नयाँ नेतृत्वको चयनका लागि दुई वटा प्यानल खडा गरेका छन् ।
बजेटमा छलफल छैन सरकारकै चिन्ता
लुम्बिनी प्रदेश सरकार बजेट निर्माणमा सक्रिय हुनुपर्ने बेलामा सरकार जोगाउन व्यस्त देखिन्छ । सङ्घीय सरकारमा राजनीतिक समीकरण परिवर्तन भएर सरकार निर्माण भएसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ । यसका कारण बजेटसँग सम्बन्धित विषयमा छलफल हुनुको साटो सरकार जोगाउने र नयाँ बनाउने दाउमा दलहरू छन् । सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा त्यसको प्रभाव पर्दा बजेट निर्माणमा अन्योल देखिएको हो । सोही कारण आर्थिक वर्ष २०८१/८२ का लागि बजेट निर्माण कार्य सुरु हुन सकेको छैन । आउँदो आवका लागि बजेट निर्माण कार्य सुरु नै नभएको लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ । यतिबेला आगामी आवका लागि बजेटको काम सुरु हुनुपर्ने भए पनि राजनीतिक अन्योलका कारण बजेट निर्माण विषयगत समितिको बैठक सुरु भए पनि गति लिन सकेको छैन । कहिलेबाट बजेट निर्माणको काम सुरु हुन्छ भन्न नसकिने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
नेपालगन्ज उर्दु साहित्यको उर्वर भूमि
सांस्कृतिक सहरका रूपमा समेत परिचित नेपालगन्जमा उर्दु साहित्यिक गतिविधि निरन्तर हुने गरेका छन् । यहाँका साहित्यकारले भने उर्दु साहित्यलाई प्राथमिकतामा नराखेको गुनासो व्यक्त गरेका छन् । यो सहरले उर्दुका गजल घन्किने र मुसायराहरू निरन्तर गुञ्जिने स्थानका रूपमा चिनारी दिँदै आएको छ । यहाँका मानव बस्ती र उर्दु साहित्यको इतिहास केलाउँदा वर्षौंदेखि उर्दु साहित्यको एक राम्रो उर्वर स्थान मानिन्छ । यद्यपि उर्दु साहित्यको विकास राज्यको प्राथमिकतामा नपरेको गुनासो यहाँका उर्दुभाषी कवि र गजलकारको रहँदै आएको छ । हिन्दु, मुस्लिम, सिख र इसाईको साझा सहरका रूपमा परिचित यो ठाउँ सामूहिक संस्कृति र साहित्यका लागि पनि परिचित छ । त्यसैले यहाँ हुने हरेक जसो साहित्यिक गतिविधि र कार्यक्रममा नेपाली भाषाका कविता, गीतसंगै उर्दु भाषाको गजल पनि अनिवार्य सुनिने गरेको छ । उर्दु गजल र सायरीले यहाँका साहित्यिक कार्यक्रमको वातावरण रोमाञ्चक बनाउने गरेको छ ।
नेपालगन्जमा दिसाजन्य लेदो व्यवस्थापन केन्द्र
उपमहानगरको वडा नम्बर २० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो व्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको हो।
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक
प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका-१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
भेरी अस्पतालमा दुरबिन विधिबाट शल्यक्रिया सम्पन्न
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको दुरबिन विधिबाट शल्यक्रिया गरिएको छ ।
५० वर्षमा एसइई दिँदै वडाध्यक्ष
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनुभएको छ।
६२ वर्षीय वृद्ध एसइईमा सहभागी
गुल्मीबाट ६२ वर्षीय एक वृद्ध माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनुभएको छ । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर-६, पुर्कोट दहका टीकाबहादुर कुँवर एसइईमा सहभागी हुनुभएको हो ।
अर्घाखाँचीमा टिपर दुर्घटना हुदाँ दुई घाइते
कपिलवस्तुदेखि अर्घाखाँची आउँदै गरेको बानिया निर्माण सेवाको ना १ ख ८४७३ नम्बरको टिपर गोरुसिंगे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका वडा नम्बर ३ स्थित पाडेगैरा ओरालोमा दुर्घटना भएको हो।
बिहारमा गेष्ट हाउस : विरोधमा होटल व्यवसायी
लुम्बिनीमा रहेको विभिन्न बिहार तथा मोनाष्ट्रीले नियमविपरीत गेष्ट हाउस सञ्चालनमा ल्याएको भन्दै होटल व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
बाँके कारागार र बाल सुधारगृहको निरीक्षण
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वको संसदीय टोलीले बाँके कारगार र बालसुधार गृहको निरिक्षण गरेको छ।
जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते
जिल्लाको रामपुर नगरपालिका-३, मा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् ।
कांग्रेस सभापति देउवा नेपालगन्जमा
नेपाली कांंग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालगन्जमा भव्य स्वागत गरिएको छ ।
सहकारी खारेज प्रक्रिया सुरु
बाँके जिल्लाको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा ऐन नियमविपरीत चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । कोहलपुर नगरपालिकाभित्र सञ्चालनमा रहेका २२ वटा सहकारी ‘कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४’ अनुसार सञ्चालन नगरेको पाइएकोले ती सहकारीलाई खारेजीका लागि प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
सडेगलेको मासु बिक्री
बुटवलका केही मासु पसलले सड्न लागेको अवस्थामा पुगेको मासुसमेत बिक्रीका लागि राखेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलको नेपालगन्ज रोड र इँटाभट्टीका ११ वटा मासु पसलमा गरिएको अनुगमनका क्रममा सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खसीबोका र कुखुराको मासु एकै ठाउँमा भण्डारण गरेको पाइएको हो ।
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य रहेको बताउनुभएको छ।
विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
नेपालगन्ज विमानस्थलमा सूर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न तथा क्यान्टिनमा अनिवार्य रुपमा मूल्य सूची राख्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
गुल्मीबाट ५३ जना परीक्षार्थी अनुपस्थित
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन ५३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । यस जिल्लाका चार हजार ९७ परिक्षार्थीमध्ये ५३ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकलाई धार्मिक अध्ययन भ्रमण
तानसेन नगरपालिका–४ ले ज्येष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । वडाले ३८ जना ज्येष्ठ नागरिकलाई एक दिने धार्मिक भ्रमण गराइएको वडाध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।