• १२ साउन २०८१, शनिबार

अर्घाखाँचीमा टिपर दुर्घटना हुदाँ दुई घाइते

blog

गणेश खनाल

अर्घाखाँची, चैत १६ गते। अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

कपिलवस्तुदेखि अर्घाखाँची आउँदै गरेको बानिया निर्माण सेवाको ना १ ख ८४७३ नम्बरको टिपर गोरुसिंगे सन्धिखर्क सडकखण्डको शीतगङ्गा नगरपालिका वडा नम्बर ३ स्थित पाडेगैरा ओरालोमा दुर्घटना भएको हो। 

दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय अमृत चुदाली र १४ वर्षीय पुरन झाँक्री मगर घाइते भएको जनाइएको छ। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको प्रहरी प्रमुख प्रतीकसिंह राठौरले जानकारी दिनुभयो। टिप्पर सडकबाट तीन मिटर तल खसेको छ।