• १३ साउन २०८१, आइतबार

जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

blog

इमान सिं राना

रामपुर (पाल्पा), चैत १६ गते । जिल्लाको रामपुर नगरपालिका-३, मा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । रामपुर-रजघरा सडक खण्डको रजघरा बजार नजिकै जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।

रामपुरबाट कावासोतीतर्फ जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र रामपुर-१, फोक्सिङकोट बाट बेझाँडतर्फ आउँदै गरेको लु २१ प २९०७ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका-१ फोक्सिङकोट बस्ने १६ वर्षीय सुनिल वि.क. र उहाँकी आमा ४० वर्षीय सेती वि.क. घाइते हुनुभएको इलाका प्रहरी कार्यालय रामपुर प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।  

घाइतेमध्ये सुनिलको अवस्था मध्यम र उहाँको आमाको अवस्था चिन्ताजनक रहेको उहाँले बताउनुभयो । घाइतेहरु लाई रामपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको बताउनुभयो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।