गुल्मीबाट ५३ जना परीक्षार्थी अनुपस्थित
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन ५३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । यस जिल्लाका चार हजार ९७ परिक्षार्थीमध्ये ५३ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकलाई धार्मिक अध्ययन भ्रमण
तानसेन नगरपालिका–४ ले ज्येष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । वडाले ३८ जना ज्येष्ठ नागरिकलाई एक दिने धार्मिक भ्रमण गराइएको वडाध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले विमानस्थलका चमेनागृहमा अनिवार्यरुपमा मूल्यसूची राख्न र सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
च्याउ खेतीमा रमाएकी तुलसा
दाङको तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरकी ५८ वर्षीया तुलसा बुढामगरले व्यावसायिकरुपमा च्याउ खेती थालेको डेढ दशकभन्दा बढी भयो । सामान्य लेखपढ बुढामगर आफू एक्लै च्याउखेतीमा रमाएको मात्र होइन कि उहाँले अहिले च्याउ उद्योग पनि खोल्नुभएको छ ।
पाल्पामा ५९ परीक्षार्थी अनुपस्थित
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन पाल्पामा ५९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । चार हजार १८२ जना परीक्षार्थीमध्ये ५९ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।
गोडाले लेखेर एसइई परीक्षा दिँदै
शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल बिहीबार रुरु क्षेत्र गाउँपालिको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गोडाले लेखेर एसइई परीक्षा दिँदै
ज्येष्ठ नागरिक सरोकार केन्द्रले गरेको काम प्रभावकारी छ : मन्त्री शर्मा
घोराही (दाङ), चैत १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिँदै गएका बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा आज भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताउनुभयो । उहाँले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उहाँहरुलाई जीवनयापनमा निकै सहज भएको धारणा राख्नुभयो । कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गर्दै उहाँले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताउनुभयो ।पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारीबोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले ज्येष्ठ नागरिक सरोकार केन्द्रमा रहेको पार्कलाई व्यवस्थित गर्नेलगायत अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक पहलका लागि आफ्नातर्फबाट कोसिस रहने बताउनुभयो । रासस
बाँकेबाट ४६ बालबन्दीले दिए एसइई
बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् ।
लुम्बिनीमा त्रियासी हजार विद्यार्थीले एसइई दिँदै
बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ८३ हजार चार सय विद्यार्थी सहभागी हुँदै छन् । परीक्षा सम्पन्न गर्न सात हजार ५९३ जना जनशक्ति परिचालन गरिने जनाइएको छ । लुम्बिनीमा ३४० परीक्षा केन्द्र छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी माधवप्रसाद पोख्रेलले नियमिततर्फ साधारण धारका ७७ हजार ३६४ र प्राविधिक धारका दुई हजार ९४६ गरी ८० हजार ३१० र ग्रेड वृद्धितर्फ तीन हजार ९० गरी कुल ८३ हजार चार सय परीक्षार्थीले लुम्बिनीबाट एसइई दिन लागेका जानकारी दिनुभयो । परीक्षा सञ्चालनका लागि १२ वटै जिल्लामा गरी ३४० परीक्षा केन्द्र निर्धारण गरिएको र परीक्षालाई मर्यादित, अनुशासित, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रदेशभरि ३४० केन्द्राध्यक्ष, ५६७ सहायक केन्द्राध्यक्ष, चार हजार १८४ निरीक्षक, ८३४ परीक्षा सहायक र एक हजार ६६८ कार्यालय सहयोगी गरी जम्मा सात हजार ५९३ जना जनशक्ति परिचालन गरिएको सूचना अधिकारी पोख्रेलले बताउनुभयो ।
पक्की पुल शिलान्यास
बुटवल उपमहानगरपालिका–१२, तामनगरस्थित राजपुर खोलामा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । पुल अभावमा खोला तर्न तथा आवतजावत गर्न समस्या झेल्दै आएका बुटवल–१२, तामनगरस्थित राजपुरका बासिन्दाले पुल निर्माण सुरु भएपछि खुसी व्यक्त गरेका छन् । राजपुर खोलामा पक्की पुल निर्माण भएपछि राजपुर खोला भएर यात्रा गर्नेले सुविधा पाउने भएका छन् । स्थानीय हरिप्रसाद शर्माले खास गरी वर्षाको समयमा खोलामा बाढी आउँदा पल्लो गाउँ जान घुमेर जानुपर्ने बाध्यता अब पुल निर्माण सम्पन्न भएपछि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता हुँदै
कपिलवस्तुमा प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । १७ गतेदेखि बाणगंगा नगरपालिकामा मोफसल र ‘ए’ डिभिजन क्लबको सहभागिता हुनेगरी फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत बताइएको छ ।
विपन्न परिवारका किशोरीलाई साइकल वितरण
मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका युवा समाजसेवी राजा खानको सहयोगमा ग्रामीण क्षेत्रका विद्यालयबाट टाढा बस्ने विपन्न किशोरीलाई साइकल वितरण गरिएको छ।
नरैनापुर ५ मा आगलागी हुँदा पाँच घरगोठ जले
नरैनापुर गाउँपालिका–५ इँटाभट्टा नजिकै बुधबार आगलागी भएको छ। आगलागीले तीन वटा घर र दुई गोठ जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव शालिकराम साहुले जानकारी दिनुभयो।
ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा
पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बाँकेका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि जिल्लाका ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ ।
भैँसीपालक कृषकलाई सुत्केरी भत्ता
गुल्मीको मालिका गाउँपालिकाले भैँसीलाई सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को स्वीकृत कार्यक्रमअनुसार पहिलो बेत ब्याउने भैँसीलाई सुत्केरी भत्ता प्रदान गर्न लागेको हो ।
फत्तेबाल आँखा अस्पतालले निःशुल्क आँखा शिविर सञ्चालन गर्दै
नेपालगन्जको फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पतालले कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागेको छ।
महसुल नबुझाएपछि हाइमाष्ट लाइट काटियो
बाँकेको खजुरा गाउँपालिमा जडान गरिएका हाइमाष्ट लाइटको लाइन काटिएको छ । गतवर्ष विभिन्न वडाका मुख्य चोकमा स्थापना गरिएका हाइमाष्ट लाइटको विद्युत महसुल नबुझाएपछि लाइन काटिएको नेपालगन्ज विद्युत प्राधिकरण वितरण केन्द्र खजुरा नोलाइट शाखाका प्रमुख हीरामणि घर्तीमगरले जानकारी दिनुभयो ।
बागेश्वरी मन्दिरमा तामाको छाना
नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
छोराको न्वारानमा गाईबस्तुलाई नुन र पराल
सन्तान प्राप्तिको खुसीमा कसैले विशेष भोजको आयोजना गर्छन् त कसैले गाउँभर मिठाइ लड्डु बाँड्दै हिँड्छन् ।
कुटपिटबाट सहकारी सङ्घका अध्यक्ष घाइते
जिल्ला सहकारी सङ्घ पाल्पाका अध्यक्ष भूपति पाण्डेमाथि कुटपिट भएको छ । जिल्लाको रामपुरस्थित सूर्योदय बचत तथा ऋण सहकारी र तालपोखरा कृषि सहकारी संस्थाबिच भएको एकीकरण कार्यक्रममा सहभागी पाण्डेमाथि मङ्गलबार कुटपिट भएको हो ।
पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना
बबई नदीबाट करिब १० मिटर पूर्वमा छ, पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ ।
लुम्बिनीमा निग्रोधाराम उत्सव
ऐतिहासिक तथा पुरातात्त्विक बुद्ध जन्मस्थलमा निग्रोधाराम उत्सव मनाइएको छ । बौद्ध धर्मावलम्बीको आस्था र महत्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उत्सव गरिएको हो । सोमबार रेडियो टुरिजमद्वारा आयोजित उत्सवमा नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पथिरानाले यो पवित्रस्थलको धार्मिक र ऐतिहासिक महत्व श्रीलङ्कामा निक्कै मानिने हुँदा यहाँ आएर माटो छुन पाउँदा आफू भाग्यमानी भएको बताउनुभयो । यो ठाउँको विकासमा सबै लागेर बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउनुपर्ने उहाँले बताउनुभयो । यसको विकासका लागि सहयोग गर्न आफू र श्रीलङ्काली सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।
खाडीको अनुभवबाट आफ्नै बाख्रा फार्म
वैदेशिक रोजगारीको सिलसिलामा भारतमा दुई दशक बिताउनुभएका रामपुर नगरपालिका–५ का नारायणप्रसाद भण्डारी २०६७ मा खाडी मुलुक जानुभयो । ड्राइभिङका लागि भनेर साउदी अरब पुग्नुभएका भण्डारी काम लगाउने कम्पनीमा पुगेपछि झस्किनुभयो । एजेन्टले झुक्याएर भेडाबाख्रा फार्मको काममा पठाएको रहेछ । करिब १३ वर्षको उमेरदेखि भारतको विभिन्न सहरमा काम गर्नुभएका उहाँले खाडीमा यतिको दुःख हुँदा पनि हार भने मान्नुभएन । भेडाबाख्राको स्याहारलाई सिक्ने अवसरका रूपमा लिएर तीन वर्ष साउदीमा बिताउनुभयो ।