• १३ साउन २०८१, आइतबार

नरैनापुर ५ मा आगलागी हुँदा पाँच घरगोठ जले

blog

नरैनापुरको आगलागी नियन्त्रणमा लिएपछि स्थानीय। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १४ गते। नरैनापुर गाउँपालिका–५ इँटाभट्टा नजिकै बुधबार आगलागी भएको छ। आगलागीले तीन वटा घर र दुई गोठ जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव शालिकराम साहुले जानकारी दिनुभयो।

हावा तीव्र गतिमा चलेका कारण आगलागी भएको जनाउँदै नरैनापुरमा रहेको दमकमल, सुरक्षा निकाय र सर्वसाधारणले संयुक्त रूपमा गरेको प्रयासले आगो छिट्टै नियन्त्रणमा आएको उहाँले बताउनुभयो। 

आगो नियन्त्रणमा आउनु अघि नै वडा नम्बर ५ इँटाभट्टा नजिकका तीन घर र दुई गोठ जलेर नष्ट भएको तथा गाउँका अन्य घरलाई जोगाउन सकिएको बताउनुभयो। 

नरैनापुर ५ मा लागेको आगो नियन्त्रणमा आएको र सो आगलागीबाट ठुलो क्षति नभए पनि तीन घर र दुई गोठ जरेल खरानी भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।