साहारा लिम्बू
फुङलिङ, असार १६ गते । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका–३, लिबाङका २५ वर्षीय लाक्पा शेर्पालाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार शेर्पा सोमबार दिउँसो साढे १ बजे फुङलिङ नगरपालिका वडा १ स्थित तमोर नदीमा पौडी खेल्न जानुभएको थियो । सोही क्रममा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकको रूपमा काम गर्दै आउनुभएको थियो । अहिले बेपत्ता शेर्पाको खोजी कार्यका जारी रहेको प्रहरीले जनाएको छ ।