• १५ वैशाख २०८१, शनिबार

पाल्पामा ५९ परीक्षार्थी अनुपस्थित

blog

इमानसिं राना 

रामपुर (पाल्पा), चैत १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन पाल्पामा ५९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । चार हजार १८२ जना परीक्षार्थीमध्ये ५९ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जनाएको छ । 

नियमिततर्फ ३० छात्रा र २० छात्र गरी ५०, प्राविधिकतर्फ १ छात्र, ग्रेड वृद्धितर्फ  २ छात्रा र ६ छात्र गरी ८ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । परीक्षामा जिल्लाको एकसय १८ सामुदायिक, १९ संस्थागत र १ खुला गरी  १ सय ३८ विद्यालयका परीक्षार्थीले २७ वटा केन्द्रबाट सहभागीता जनाएका छन् । 

परीक्षा सञ्चालनका लागि २७ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, दुईसय १० जना निरीक्षक, ४० जना परीक्षा सहायक, ८४ जना कार्यालय सहयोगी तथा ४ सय १० जना सुरक्षाकर्मी परिचालन गरिएका थिए । पहिलो दिनको परीक्षा शान्त वातावरणमा मर्यादित रुपमा सम्पन्न भएको एकाइ प्रमुख सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा कारागार र हिरासतबाटै एक–एक जना परीक्षामा सहभागी भएका छन् । त्यस्तै, एक जना दृष्टिविहीन परीक्षार्थीले पनि परीक्षा दिएको जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा धेरै परीक्षार्थी रामपुर ६ विजयपुरस्थित दरौटी मावि केन्द्रमा र सबैभन्दा कम बगनासकालीको चापपानीस्थित चन्द्र माविका परीक्षार्थी छन् ।