• ५ असार २०८२, बिहिबार

डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिएको प्रति आपत्ति

blog

काठमाडौँ, असार ४ गते । नेपाल डेन्टल एसाेसिएसनले ओएनएम रिपोर्टमा डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिएको प्रति आपत्ति जनाएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै अर्थ मन्त्रालय पठाएको दरबन्दी प्रस्ताव(ओएनएम )मा दन्त सर्जनलाई समावेश नगरिएकोप्रति  एसाेसिएसनले आपत्ति जनाएको हो । 

रिपोर्ट सार्वजनिक भएसँगै बुधबार एसाेसिएसनका महासचिव डा.प्रदीप भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल स्वास्थ्य मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ। 

एसाेसिएसनका केन्द्रीय सदस्य डा.भूमेश काफ्लेले मङ्गलबार सार्वजनिक भएको ओएनएम रिपोर्टमा डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिनु अत्यन्तै आपत्तिजनक कुरा भएको बताउनुभयो ।

उहाँका अनुसार ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्स र पब्लिक हेल्थ डेन्टिस्ट्रिमा अहिलेसम्म एउटा पनि दरबन्दी खोलिएको छैन  ।