ट्याक्टर दुर्घटनामा एकको मृत्यु
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –१० धरम्पानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जना बालकको मृत्यु भएको हो ।
होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही हुने
जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबरजस्ती रङ दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ ।
यसै साता कर्णालीमा पाठ्यपुस्तक पुग्ने
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ का लागि छापेको १८ लाख थान पाठ्यपुस्तक नेपालगन्ज आइसकेको छ ।
नेपाल–भारत धार्मिक सिद्धरत्ननाथ–देवीपाटन महायात्रा हुने
धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने गरी महायात्राको तयारी थालिएको हो ।
१८ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
यहाँस्थित नेपाल–भारत नाका पारीका भारतीय सहर र कस्बाहरुबाट ठुलो परिमाणमा लागू औषध ब्राउनसुगर नेपालतर्फ भित्रिने गरेको छ । लागू औषधका भारतीय कारबारीहरुले नेपाली कारोबारीलाई सो बिक्री गर्ने तथा नेपाल भित्र पुर्याउने काम समेत गर्दै आएको पाइएको छ ।
छत्रकोटका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
गुल्मीको छत्रकोट गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा वृद्धिसंगै सबैमा विश्वास दिलाउन गाउँपालिकाले यस्तो निर्णय गरिएको बताइएको छ ।
बाँकेबाट नौ हजारभन्दा बढीले एसईई दिँदै
यहि चैत १५ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बाँके जिल्लाबाट नौ हजार २९३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
सात सयभन्दा बढीको हातमा लालपुर्जा
दुई वर्षको अवधिमा सात सयभन्दा बढी व्यक्तिले लालपुर्जा पाएका छन् । जिल्लास्थित भूमि आयोग पछिल्लो दुई वर्षको अवधिमा पाल्पाका ७४७ जना व्यक्तिलाई लालपुर्जा वितरण गरेको जनाएको छ ।
रुख हटाउन नसक्दा सडक निर्माणमा ढिलाइ
जिल्लाको पश्चिम भेगस्थित सुँगुरेढुङ्गा–सालझन्डी सडक निर्माणमा ढिलाइ भएको छ । उक्त सडकखण्डमा पर्ने ५४१ वटा रुख काट्न ढिला हुँदा सडक निर्माणले गति लन नसकेको हो । सो सडकखण्डको पाल्पा रैनादेवी छहरा गाउँपालिकास्थित बल्ढेङ्गढी र रुपन्देही जिल्ला सैनामैना नगरपालिका क्षेत्र अन्तर्गतको पाँच किलोमिटर सडकमा पर्ने रुख हटाउन नसक्दा सडक निर्माणले गति लिन सकेको छैन । सो क्षेत्रको रुख कटान गर्न मन्त्रीपरिषद्बाट गत २०८० माघ १८ गते निर्णय भइसकेको छ तर प्रदेशको आयोजना भएकाले रुख कटान हुने क्षेत्रको जग्गा र काटिने रुखको सोधभर्ना गर्नुपर्ने प्रावधान छ ।
रेसुङ्गामा लालीगुराँसको सुन्दरता
गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुङ्गामा ढकमक्क फुलेको लालीगुराँस । लालिगुराँस फुलेपछि त्यहाँको सुन्दरता बढेको छ ।
पाटेबाघको छालासहित एक पक्राउ
दुर्लभ पाटेबाघको छालासहित नेपालगन्जबाट बुधबार बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो दुर्लभ पाटेबाघको छालासहित नेपालगन्ज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित एक होटलबाट पक्राउ परेका हुन् ।
विकासमा ढिलासुस्ती हुँदैन : उपप्रधानमन्त्री महासेठ
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विभिन्न आयोजनामा भइरहेको ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताउनुभएको छ ।
युवाद्वारा सहयोग हस्तान्तरण
बाँकेको खजुरा गाउँपालिका–४ ई गाउँमा युवाहरूको सामाजिक सञ्जाल समूहले बिरामीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
कोइरालाको स्मृति दिवसमा बिरामीलाई फलफूल
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसको अवसरमा कांंग्रेस बाँकेले भेरी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ ।
भेरीमा स्वास्थ्य बिमाबाट सेवा लिने बढे
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका छन् भने स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा लिने सेवाग्राही बढेका छन् ।
पाल्पाबाट चार हजार बढी एसइईमा सहभागी हुँदै
पाल्पाबाट यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् ।
प्लाइउड निर्यातको अवरोध हट्यो
उद्योगी व्यवसायीको व्यापक दबाब र विरोधपछि गुणस्तर प्रमाण चिन्हका नाममा भारतले प्लाइउडको निर्यातमा उत्पन्न गरेको अवरोध तत्कालका लागि हटेको छ ।
सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश
बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण नगरी अन्य पूर्वाधार निमार्ण गर्न थालेपछि उच्च अदालतले त्यहाँ कुनैपनि संरचना निमार्ण नगर्न तत्काल परमादेश जारी गरेको छ ।
बाँकेमा एमालेको परीक्षा
नेकपा (एमाले) बाँकेले जिल्लाभरका सङ्गठित सदस्यहरूको परीक्षा लिएको छ । सोमबार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका सुरक्षित राखिएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभयो । उक्त परीक्षामा वयोवृद्ध नेताहरूको समेत सहभागिता छ । खजुरा–२, सीतापुरबाट पार्टी केन्द्रीय सदस्य ८० वर्षीय बाबुराम गौतम, ७५ वर्षीय पूर्वजिल्ला कमिटी अध्यक्ष नन्दलाल रोकायलगायतका नेताको सहभागिता रहेको सचिव खत्रीले बताउनुभयो । एमाले बाँकेले लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन भएको हो । परीक्षामा करिब पाँच हजार सङ्गठित सदस्य सहभागी हुनुपर्ने भए पनि जिल्लाबाहिर रहेकाले सबैजना उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।
नेपालगञ्ज–गुलरिया सडक धमाधम कालोपत्र हुँदै
हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगन्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताउनुभयो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व चयन सर्वसम्मत
गुल्मीमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम जिल्ला अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
तानसेनमा दोस्रो यूथ युनियन कप सुरु
तानसेनमा दोस्रो यूथ युनियन कप सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा मङ्गलबारदेखि सुरु भएको दोस्रो कप (फुटबल प्रतियोगिता)को पहिलो खेलमा न्यु एकता युवा क्लब विजयी बनेको छ ।
कपास खेतीबाट राम्रो आम्दानी
राजपुर गाउँपालिका–७ निवासी भोजराज खत्री कपास खेती गर्दै आउनुभएको छ । नाका क्षेत्रमा सिँचाइको अभावसँगै जङ्गली जनावारले अन्नबालीमा क्षति गर्ने भएपछि खत्रीले विगत सात/आठ वर्षदेखि दुई बिघाभन्दा बढी जमिनमा कपास खेती गर्दै आउनुभएको छ । अन्नबाली छोडेर कपास खेतीमा लाग्नुभएका खत्रीले राम्रो आम्दानी गर्दै आएको बताउनुहुन्छ । गाउँमा उत्पादन गरेको कपास बिक्रीमा पनि समस्या नहुने र अन्नबालीको तुलनामा आम्दानी पनि राम्रो हुने भएपछि कपास खेती गर्दै आएको बताउनुभयो । खत्रीले भन्नुभयो, “कपास खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पूरै गाउँ नै समूह बनाएर कपास खेतीमा लागेका छौँ, अन्य कृषि बालीभन्दा कपासबाट राम्रो आम्दानी हुने गरेको छ ।”
ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो
“बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।” लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके आइहाल्छु, नत्र मेरो लोग्ने जीवित छैन भनेर सम्झनू’ भनेका वाक्य भुमाका कानमा अझैसम्म गुन्जिइरहेको छ ।