मोबाइल लुटपाटमा संलग्न समूह पक्राउ
रुपन्देही प्रहरीले विभिन्न स्थानबाट मोबाइल लुटपाटमा संलग्न आरोपित समूहलाई पक्राउ परेको छ । विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधारणले जानकारी गराएपछि जिल्ला प्रहरीबाट खटिएको टोलीले सो समूहलाई पक्राउ गरेको हो ।
सरकारलाई असफल हुने छुट छैन : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । डल्फिन समुहको १४ औं वार्षिकउत्सवको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
बाँकेमा ८४० महिलाकाे स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण
बाँकेको खजुरा गाउँपालिकामा ८४० जना महिलालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचार प्रदान गरिएको छ । जसमध्ये २७ जना महिलामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ ।
साँघुरा गल्लीमा आगलागीको जोखिम कम गर्न पूर्वसतर्कता
पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।
सुविधासम्पन्न प्रशासनिक भवन
बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण गरिएको प्रशासनिक भवनमा लिफ्टको सुविधा समेत छ ।
कक्षा आठको परीक्षा दिँदै जनप्रतिनिधि सिंह
बाँकेको जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिंह ३७ वर्ष पुग्नुभयो । ३७ वर्षीय सिंहले चैत १ गतेबाट सुरु भएको पालिका स्तरीय आधारभूत तह कक्षा उत्तीर्ण परीक्षा (कक्षा ८)मा सहभागी भई परीक्षा दिन सुरु गर्नुभएको छ ।
नरैनापुर मेला लोप हुने अवस्थामा
बुटवल–१६, बैठौलियाका परशुनारायण चौधरीलाई आफूले ५० वर्षअघिदेखि हेर्दै आएको नरैनापुर मेला लोप हुँदै गएकोमा चिन्ता लागेको छ । उहाँ सानै हुँदा बुवाले नरैनापुर मेला हेर्न लैजाने गरेको अझै स्मरण गर्नु हुन्छ । बुटवल उपमहानगरपालिका–१६, नरैनापुरमा महाशिवरात्रिका अवसरमा लाग्दै आएको नरैनापुर मेलामा पछिल्लो समय दर्शक उल्लेखनीय रूपमा कम भएका छन् । स्थानीय सर्जु चौधरीका अनुसार शिवरात्रिका दिनदेखि सात दिन हुने मेलामा रुपन्देही मात्र नभएर छिमेकी जिल्लाबाट समेत हजारौँ दर्शक आउँथे तर अहिले भने मेला धेरै खुम्चिएको छ ।
हिउँदे अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सरकारले तीन दिन मात्रै चलेको लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ । तीन दिनमै हिउँदे अधिवेशन सकिएको भनी पत्राचार गरेपछि नेकपा (एमाले) ले विरोध जनाएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो । मुख्यमन्त्री डिल्ली चौधरीले सदन छल्न अधिवेशन नै अन्त्य गरेको आरोप एमालेको छ । फागुन २३ गते यसअघिको सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अहिले अल्पमतमा पर्नुभएको छ । सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले सदन स्थगित गरेर प्रदेश प्रमुखको पत्राचार गरेको उल्लेख गर्नुभयो ।
बालकको मृत्यु भएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप
घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोशित आफन्तले विरोध गर्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ।
अग्लो स्थानमा पर्यटन महोत्सव हुँदै
आगामी नयाँ वर्ष २०८१ मा प्युठानको पर्यटकीयस्थल मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।
बालसुधार गृहमा विद्यालय सञ्चालन गर्न उच्च अदालतको परमादेश
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले जयेन्दु बालसुधार गृह बाँकेमा विद्यालय सञ्चालन गर्न डुडुवा गाउँपालिका समेतका विपक्षीका नाममा परमादेशको आदेश जारी गरेको छ ।
ऐतिहासिक रानी तलाउको स्तरोन्नति
नेपालगन्ज ८ मा रहेको ऐतिहासिक पर्यटीय स्थल रानीतलाउ उद्यानमा थप पूर्वाधार निर्माण गर्नुका साथै सेवा सुविधा समेत विस्तार गरेर स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ ।
वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्छ : एमाले उपाध्यक्ष ज्ञवाली
प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो गठबन्धन बीचमा नटुट्ने बताउनुभएको हो । “हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।”
नेपालगन्जमा मिर्गौला दिवस मनाइयो
नेपालगन्जमा 'मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास' भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर विश्व मिर्गौला दिवस बिहीबार मनाइएको छ ।
च्याउखेतीबाट मनग्य आम्दानी
रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउखेती हो । उहाँले विगत आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा च्याउखेती गर्दै आउनुभएको छ । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँले लगानी बढाउँदै लैजानुभएको छ ।
सूचनालाई गलत प्रयोग गर्ने गरेको आरोप
गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरूले सूचनाको गलत प्रयोग गर्न नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्लास्थित कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी एवम् सरोकारवालाहरूसँग सूचनाको हक सम्बन्धी गरिएको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
काम छोडेर ठेकेदार सम्पर्कविहीन
घोराही उपमहानगरपालिका–१७ को गैरागाउँ–घनिबगिया सडकखण्ड अन्तर्गत कुटवा खोला पुल निर्माण कार्यको काम अलपत्र परेको छ । २०७९ पुस १३ गतेसम्म पुल निर्माणको काम सक्ने गरी २०७८ असार १४ गते पूर्वाधार विकास कार्यालय दाङ र महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँका बिचमा सम्झौता भएको थियो ।
बालबन्दीको निःशुल्क उपचार सम्झौता
बाँके जिल्लामा सञ्चालित दुई वटा बाल सुधारगृहमा रहेका बालबिज्याइँकर्ता (बालबन्दी) हरूले अब निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन् । उनीहरूको निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि स्वास्थ्य संस्था, बाल सुधारगृह र जिल्ला बाल न्याय समितिबिच सम्झौता भएको छ । जिल्लाको नौबस्तास्थित बाल सुधारगृह र हिरमिनियामा रहेको जयेन्दु बाल सुधारगृहमा रहेका बालबन्दी (बालबिज्याइँकर्ता) हरूलाई निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगन्जले सम्झौता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने
गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा अगामी सोमबार ९चैत ५ गते० देखि हप्तामा तीन पटक उडान हुने भएको हो ।
आर्थिक विकासतर्फ बुटवल सर्वोत्कृष्ट नगर
बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट पालिका घोषित हुँदै ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो । नेपाल नगरपालिका सङ्घले मङ्गलबार काठमाडौँमा आयोजना गरेको समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको बुटवल उपमहानगरले जनाएको हो । काठमाडौँमा आयोजित समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
मानवबेचविखन रोक्न सुरक्षा अधिकारी गम्भीर
नेपाल भारत खुला नाकाका कारण विभिन्न प्रलोभनमा पारेर नाका पार गराई मानव बेचविखन गर्ने कार्य भइरहेकोप्रति नेपाल र भारतका सुरक्षा अधिकारीले आफूहरु गम्भीर भएका जनाएका छन्।
कृषकलाई अनुदानमा मकैको बिउँ वितरण
रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको मकैको बिउँ वितरण गरेको छ ।
उपचारका क्रममा बिरामीको मृत्यु, अस्पतालमा तनाव
दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् ।
गुल्मीमा १६ सयभन्दा बढीलाई निस्सा वितरण
गुल्मीमा १६ सयभन्दा बढीलाई निस्सा वितरण गरिएको छ ।