• ११ मंसिर २०८१, मङ्गलबार

मोबाइल लुटपाटमा संलग्न समूह पक्राउ

blog

मोबाइल लुटपाटमा संलग्न समूह सार्जवनिक गर्दै रुपन्देही प्रहरी । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत २ गते । रुपन्देही प्रहरीले विभिन्न स्थानबाट मोबाइल लुटपाटमा संलग्न आरोपित समूहलाई पक्राउ परेको छ । विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधारणले जानकारी गराएपछि जिल्ला प्रहरीबाट खटिएको टोलीले सो समूहलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी पक्राउ परेको व्यक्ति, बरामद मोटरसाइकल र मोबाइल सार्वजनिक गरेको छ । लुटेका मोबाइल पसलमा लगेर बिक्री गरेर आएको पैसाले लागूऔषध खरिद गरी सेवन गर्नेगरेको खुलेको उहाँको भनाइ छ । 

पक्राउ परेका व्यक्तिबाट विभिन्न कम्पनीका ८ थान मोबाइल र लु ५६ प ७१७ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान कार्यका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेका व्यक्तिले आफ्नै घर आसपास वा बजारक्षेत्रमा उभिएका सर्वसाधारणसित जरुरी काम परेको छ भन्दै मोबाइल मागेर भाग्ने गरेको डीएसपी भट्टको भनाइ छ । ती व्यक्तिले मोटरसाइकलबाट मोबाइल लुटेर भाग्ने गरेको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर –७ का २५ वर्षीय मनिस हरिजन, २४ वर्षीय देवान गुरुङ, सिद्धार्थनगर –१३ का २४ वर्षीय रोमन घर्ती, सियारी ३ का ३१ वर्षीय मोहम्मद रसिद मुसलमान छन् ।

उनीहरुमध्ये मोटरसाइकल चालक हरिजनविरुद्ध २०७१ मा अभद्र व्यवहार र घर्ती लागूऔषध मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेको व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट लु ५६ प ७१७ नम्बरको मोटरसाइकल र ८ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।