सुर्तीजन्य पदार्थविरुद्ध विशेष अभियान
बाँकेमा सुर्तीजन्य पदार्थको बिक्री र सेवन जताततै खुला रूपमा भइरहेको जनाउँदै सो विरुद्ध विशेष अभियान सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
कृषि प्राथमिकतामा प्रथम हुनेलाई २५ हजार पुरस्कार
प्रथम तानसेन महोत्सवमा परम्परागत रुपमा बन्दैआएको कृषिका स्टलमा अवलोकन गर्नेको भिड लागेको छ । महोत्सवमा गिठिको ठेका ठिकिको स्टलमा, बाँसबाट बनाएइका मुडाहरु, बस्ने कुर्सीहरु सामान राख्ने भाडाहरु तथा विभिन्न किसिमका आकर्षित सामान खरिद गर्नेको भिड लागेको हो ।
डढेलो नियन्त्रणमा आएन
जिल्लाको रिव्दीकोट–४, भैरवस्थान मन्दिरनजिक लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । दुई दिनदेखि मन्छिप सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नआएको हो ।
साइकलमा ११ सय किलोमिटरको यात्रा
बाँकेका दुई युवाले महाकालीदेखि मेचीसम्मको साइकल यात्रा सुरु गर्नुभएको छ । बाँके खजुराका सतिश निरौला र नेपालगञ्जका रमेश मल्ल दुई जनाले एकसाथ चलाउन मिल्ने साइकलबाट पश्चिमको महाकाली नदीबाट साइकल यात्रा सुरु गर्नुभएको हो ।
दर्ता विना नै मासु पसलबाट कारोबार
बाँकेका केही फुड प्रडक्ट तथा मासु प्रशोधन केन्द्रले प्यान तथा भ्याट बिल प्रयोग नगरी साधारण बिलमार्फत मासुको खरिद बिक्री गरी कारोबार गर्दै आएको पाइएको छ ।
अस्पताल निर्माण अलपत्र
प्रदेश सरकारको गौरवको आयोजना प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य अलपत्र परेको छ । २०८१ साल फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको यो अस्पताल भवन निर्माणको काम सुरु नहुँदै रोकिएको हो । आर्थिक वर्ष २०७७/७८ मा कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा ५० शय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्ने योजना बनेको थियो । भवन निर्माणका लागि ९.६२ बिघा वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिएको थियो । सो बराबरको जग्गा शोधभर्ना गर्ने इआइए प्रतिवेदनमा उल्लेख छ ।
नेपालगन्जमा प्रदेशस्तरीय औद्योगिक, कृषि, व्यापार तथा पर्यटन महोत्सव हुने
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यले नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
नेपालगन्जमा दैलेखी सङ्ग्रहालय निर्माण हुने
बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ मा कुनै समयमा दैलेखबाट आउनेका लागि बनाइएको दैलेखी बङ्गलामा दैलेखी सङ्ग्रहालय बनाइने भएको छ ।
नेपालगन्जमा 'मौसमी भाइरल'का बिरामी बढ्दै
मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् ।
जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
गुल्मीको मुसिकोट नगरपालिकामा सरकारी सेवा-सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् ।
धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक
धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो ।
बाँकेमा एक लाखभन्दा बढी बालबालिकाले लगाए दादुरा-रुबेलाविरुद्धको खोप
बाँके जिल्लामा एक लाख ८८ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ ।
सेतो छडीले बदल्दै दृष्टिविहीनको जीवन
रुपन्देहीको सैनामैना नगरपालिका–९, बाँसगढीका रमेश घिमिरेलाई दृष्टिविहीन भएकै कारण घरबाट बाहिर जान समस्या भएको थियो । कतै बाहिर जानु परेमा उहाँलाई छिमेकी वा परिवार तथा साथीको सहारा चाहिन्थ्यो । घिमिरेजस्तै सैनामैना सालझन्डीका माधव कँडेलको पीडा पनि उहाँकोजस्तै थियो । उहाँ पनि दृष्टिविहीन हुनुहुन्छ । कहीँकतै बाहिर जानु परे उहाँलाई परिवार वा साथीभाइको सहारा लिनुपर्ने बाध्यता रहेको थियो ।
जीवन निर्वाहमा सारङ्गीको सहारा
सम्पत्तिका नाममा बस्ने घर मात्रै छ । खेती गर्नका लागि जग्गा जमिन केही छैन । बुवाको निधनपछि घरखर्च जुटाउन सारङ्गीको सहारा लिनु परेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्तीका १५ वर्षीय शिरकुमार गन्धर्व बताउनुहुन्छ । दिदीको बिहे भइसकेकाले घरमा ५४ वर्षीय आमा रीता गन्धर्व हुनुहुन्छ । पढ्ने, लेख्ने बेला आर्थिक विपन्नताका कारण घर व्यवहार चलाउन सारङ्गी रेट्नु परेको भनाइ शिरकुमारको छ । प्रायः दिनभरि सारङ्गी रेटेर गीत गाउँदै हिँड्ने शिरकुमार अलि–अलि सङ्कलित पैसाबाट घर व्यवहार चलेको बताउनुहुन्छ । गीत गाउँदै कहिले गाउँ, कहिले सहर पुग्ने शिरकुमार भन्नुहुन्छ, “घरमा बुवा हुँदासम्म समस्या थिएन तर बुवाको निधनपछि साँझ–बिहान छाक टार्न समस्या हुन थाल्यो ।” बुवाको निधनपछि सारङ्गीको सहारा खोज्न थाल्नुभएका शिरकुमार गीत पनि गाउनुहुन्छ । घरमा बुवासँगै सबैले सारङ्गी बजाउने र गीत गाउने भएका कारण आफूलाई सिक्न समस्या नभएको शिरकुमार बताउनुहुन्छ ।
प्लाइउड भारत निकासी बन्द, उद्योगी चिन्तित
केही समययता आएर नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले अवरोध गर्दा रोकिएको छ । यहाँस्थित नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी रोकिएको हो । बाँकेका प्लाइउड उद्योगी एवं प्लाइउड उत्पादक सङ्घ नेपालका सदस्य पशुपति दयाल मिश्रले भारतले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि गत एक मार्चदेखि नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात बन्द भएको बताउनुभयो ।
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपादिलका –३ वनगाउँमा बुटवलबाट नेपालगञ्जतर्फ जाँदैगरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिदा लमही नगरपालिका–४ निवासी करिब ४० बर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो ।
एक करोड १६ लाख रुपियाँसहित पाँचजना पक्राउ
प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद गर्न सफल भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो ।
सन् २०१४ वर्ल्ड कप लिजेन्ड्सलाई एक्स्ट्राटेक क्रिकेटको उपाधि
सन् २०१४ वर्ल्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ ।
२९१ किलो अवैध ब्रोइलर कुखुराको मासु बरामद
मुख्य नाकालगायत विभिन्न साइड नाकाहरुमा सुरक्षाकर्मीले कडाइ गरे पनि अवैध रुपमा प्रतिवन्धित कुखुराको मासु ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ ।
टोपबहादुर ओलीको उद्धारमा सहयोग गर्न आग्रह
वैदेशिक रोजगारीका लागि मलेसिया गएका बर्दियाका टोपबहादुर ओली बिरामी भई उपचारमा समस्या आएको जनाउँदै परिवारका सदस्यले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
महोत्सवमा दर्शकको लोभलाग्दो भिड
तानसेन नगरपालिकाले आयोजना गरेको प्रथम तानसेन महोत्सव २०८० मा अवलोकनकर्ताको लोभलाग्दो भिड देखिएको छ । महोत्सवको ९ दिनमा २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाइ छ ।
दरबार सौन्दर्यमा सरकारको चासो
पाल्पा दरबारको सौन्दर्य र पर्यटन प्रवर्धन गर्न सरकाले चासो देखाएको छ । दरबारको सौन्दर्यकरण गर्दै यसको संरक्षण र संवर्द्धन गर्न सरकार लागेको हो ।
तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ उद्घाटन
रुपन्देहीको तिलोत्तमामा नौ महिनामै तयार भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सोमबार एक कार्यक्रमका बिच मैदानको उद्घाटन गर्नुभयो ।
स्रोत नखुलेको ३९ लाख सहित तीन जना पक्राउ
प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ ।