चौध सय घरेलु तथा साना उद्योग बन्द
दाङमा बर्सेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ वटा साना उद्योगको लगत कट्टा गरिएको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म उद्योग तथा वाणिज्यतर्फको निजी फर्म र सामुदायिक फर्म गरी ३७४ वटाको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालयका प्रमुख युवराज न्यौपानेले जानकारी दिनुभयो ।
सहमतिपछि अवरुद्ध सडक सुचारू
पूर्वपश्चिम राजमार्गको दाङखण्ड अवरुद्ध भएको सडक चार घण्टापछि सुचारु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरूले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका थिए।
दाङ खण्डमा राजमार्ग अवरुद्ध
पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड अवरुद्ध भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरूले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका हुन् ।
डुडुवा गाउँपालिकामा औलोका बिरामी बढ्दै
बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
बेपत्ता पौडेल खाेज्न प्रहरी टोली परिचालन
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका-१ हुंगा घर भएका २५ वर्षीय अनुप पौडेल धरानबाट बेपत्ता भएका छन् ।
'रङ्ग-ए-गजल' विमोचन
बाँकेका उर्दू साहित्यकारहरुको संस्था ‘गुल्जारे अदब’ नेपालगन्जको आयोजनामा यहाँ डाक्टर कृष्णजंग राणाको कृति ‘रङ्ग-ए-गजल’ को विमोचन, समीक्षा तथा ‘मासिक गजल गोष्ठी’ सम्पन्न गरिएको छ ।
एकै दिन बने १२ सय ५० जना अल्पकालीन भिक्षु
लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बनेका छन्। बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रब्रज्या कार्यक्रम गरिएको थियो।
सैनिक खेल मैदानमा खुला प्यारापिट बनाइने
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ ।
हीरक महोत्सवको तयारीमा श्री शान्ति मावि
अर्घाखाँची जिल्ला मालारानि गाउँपालिका-५ बागीमा रहेको श्री शान्ति माध्यमिक विद्यालयले हीरक महोत्सव आयोजना गर्ने भएको छ । यसै विषयमा काठमाडौँको ताहाचलमा अवस्थित महेन्द्र रत्न क्याम्पसमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
६ महिनापछि जोर्डनको जेलबाट छुटे सुरज
विगत ६ महिनादेखि जोर्डनको जेलमा परेका रुपन्देहीको सैनामैना नगरपालिका ६ का सुरज भण्डारी अन्ततः जेलमुक्त भएका छन् ।
बाल सुधार गृहका बालबन्दीको निःशुल्क उपचार गरिने
बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जिल्लामा रहेका दुई वटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने भएको छ ।
तौलेश्वरनाथबाट लाखभन्दा बढी भेटी सङ्कलन
जिल्लाको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरबाट एक लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रीको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा उक्त भेटी संकलन भएको हो ।
निःशुल्क आँखा शिविरमा २४६ जनाले लिए सेवा
गुल्मीको भाडगाउँमा गरिएको निःशुल्क आँखा शिविरमा दुई सय ४६ जनाले सेवा लिएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर-३ भाडगाउँको आयोजना एवम् नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा यहाँका नागरिकहरूले सेवा लिएका हुन् ।
दाङमा २६ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय दाङले चार महिनाको अवधिमा २६ जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ ।
हस्तकलाबाट थारु महिलालाई राम्रो आम्दानी
दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर राम्रो आयआर्जन गर्दैआएका छन् । घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।
लुम्बिनीमा गठबन्धनको बहुमत
सङ्घीय सरकारमा गठबन्धनमा परिवर्तनसँगै लुम्बिनीमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने भएको छ । प्रदेश सभामा रहेका ८६ प्रदेश सभा सदस्य मध्ये एमाले, माओवादी गठबन्धनको सरकार बन्ने गणितीय समीकरणले देखाएको छ ।
महावीर पुनको पुस्तक विक्रीबाट चार करोड आम्दानी
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनद्वारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक हालसम्म चार करोड रुपियाँ बढीको विक्री भएको छ ।
दोस्रो बन्यो कपिलवस्तु अस्पताल
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो बनेको छ । अस्पतालले कुल ९४ अङ्क हासिल गर्दै प्रदेशमा दोस्रो बनेको हो । न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवं अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले कपिलवस्तु अस्पताललाई ९४ प्रतिशत अङ्कसहित प्रदेशमा दोस्रो भएको घोषणा गर्नुभएको हो ।
जोखिमपूर्ण काममा नेपाली युवती
भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो ।
पन्चैबाजा संरक्षणमा धवलागिरिवासी
विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने मौलिक पहिचान बोकेको पन्चैबाजा लोप हुन थालेपछि खजुरा गाउँपालिका–३, धवलागिरिका बासिन्दा पन्चैबाजा संरक्षणमा जुटेका छन् । स्थानीयको संरक्षणका कारण विवाह, पूजापाठ र विभिन्न शुभकार्य उद्घाटन समारोहमा प्रायः खजुराको पन्चैबाजा समूहको टोली पुग्ने गरेको छ ।
सन्त नेता किसुनजीको जीवनीबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनीबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
नेपाल संकटको भूमरीबाट गुज्रदैछ : उपाध्यक्ष बादल
नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल अहिले पनि संकटको भुमरीबाट गुज्रिरहेको बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
दर्शन समाजको भवन बनाउन पूर्वमन्त्री हमालद्वारा ५१ लाखको जग्गादान
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माणका लागि ५१ लख बराबरको जग्गादान गर्नुभएको छ । पूर्वमन्त्री हमालले नेपालगञ्ज उपमहानगरपालिका-१२ गोरखनगरमा रहेको ५१ लाख मूल्य पर्ने ११ धुर जग्गा दर्शन समाज संस्थालाई भवन निर्माणका लागि दान गर्नुभएको हो ।
अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण
नेपालगन्जमा मुस्लिम समुदायका अति विपन्न ३२० परिवारलाई कतार च्यारिटी नेपालले खाद्यान्न वितरण गरेको छ।