• १३ मंसिर २०८१, बिहिबार

दाङ खण्डमा राजमार्ग अवरुद्ध

blog

पूर्व–पश्चिम राजमार्गको दाङ खण्डमा अवरुद्ध सवारी चालक । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल 

देउखुरी, फागुन २७ गते । पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड अवरुद्ध भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका आफन्तहरूले दुर्घटना भएकै स्थानमा सडक अवरुद्ध गरेका हुन् । 

दिउँसो २ बजेबाट आफन्तहरू राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । दुर्घटनाको छानबिन गरी चालकलाई हदैसम्मको कानुनी कारबाही र मृतकका परिवारलाई उचित क्षतपूर्ति लगायतको माग राख्दै आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले अवरुद्ध राजमार्ग सुचारु गराउन पहल गरिरहेको जनाएको छ । 

अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी घाइते अटोरक्सिा चालक लमही नगरपालिका –७ निवासी ३५ वर्षीय विष्णुबहादुर थापाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदैगरेको प्र ३९०१०२२ च १७५७ नम्बरको स्कारपियो र फरक दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । 

अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटरसमेत ठक्कर खाएर दुर्घटना भएको थियो । प्रहरीले चारवटै सवारीसाधन र स्कारपियो चालक गोदावरी नगरपालिका ७ देवीचौर ललितपुर निवासी ३१ वर्षीय दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेर घाइते स्कुटीचालक लमही नपा ७ हसनापुर बस्ने वर्ष २१ को विश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ ।

उहाँको टाउकोमा चोट छ । मोटरसाइकल चालक राजपुर गाउँपालिका ३ निवासी २२ दीपक घर्ती, मोटरसाइकलमा सवार गढवा ६ निवासी १९ वर्षीय मनिष सार्की, अटोमा सवार सोही ठाउँका ५५ वर्षीय हरि पुन, भारत उत्तरप्रदेश बिहार जिल्ला खगरीयाका ४० वर्षीय पङ्कज सही र भारत उत्तरप्रदेश रामपुर निवासी ५० वर्षीय कश्मरि सही घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।