• २३ वैशाख २०८२, मङ्गलबार

हीरक महोत्सवको तयारीमा श्री शान्ति मावि

blog

काठमाडौं, फागुन २७ गते । अर्घाखाँची जिल्ला मालारानि गाउँपालिका-५ बागीमा रहेको श्री शान्ति माध्यमिक विद्यालयले हीरक महोत्सव आयोजना गर्ने भएको छ । यसै विषयमा काठमाडौँको ताहाचलमा अवस्थित महेन्द्र रत्न क्याम्पसमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा व्यवस्थापन समितिका सदस्य र वार्ड अध्यक्ष तुल्सिराम मिश्रको अध्यक्षता, मोहनकुमार महतको सञ्चालन र उपस्थितलाई स्वागत मन्तव्य सम्बन्ध समाज काठमाडौँका अध्यक्ष माधव प्रसाद भुसालले गर्नुभयो ।

कार्यक्रममा अग्रज नेता डिलाराम आचार्य, विशिष्ट अतिथिहरूको रूपमा पूर्व राज्य मन्त्री सुशीला सिर्पाली ठकुरी, सङ्घीय सांसद बिजुला रायमाझी, शिक्षाप्रेमी व्यक्तित्व नरेन्द्र कुमार क्षेत्री लगायत विभिन्न अतिथिको सहभागिता थियो । 

यस्तै, कार्यक्रमको उद्देश्य एवम् विद्यालय समग्र पक्षको प्रस्तुतीकरण प्र.अ.मानबहादुर पाण्डेले गर्नुका साथै कार्यक्रममा पूर्व वार्ड अध्यक्ष र आर्थिक समितिका सदस्य शोभाकर भुसाल, ज्ञानु अधिकारी, विष्णु चौहान, बिबि अधिकारी, महेन्द्र बस्नेत, विमल चौहान, अम्मर कुमार बि क, गङ्गा बहादुर पन्थी, साबित्रा शर्मा भुसाल, पुष्कर खड्का लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।