• १३ साउन २०८१, आइतबार

सरकारलाई असफल हुने छुट छैन : मन्त्री भण्डारी

blog

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी शुक्रबार नेपालगन्जमा आयोजित कार्यक्रममा । तस्विरः गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, चैत २ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । डल्फिन समूहको १४ औं वार्षिकाेत्सवको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो । 

मन्त्री भण्डारीले भन्नुभयो, “यो सरकारले उद्योगी, व्यवसायीको सहजताका लागि अधिकतम काम गर्नेछ ।” उहाँले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गरेर अघि बढने बताउनुभयो ।

अर्थतन्त्र सुधारमा ध्यान दिंदै उद्योगमैत्री कानुनमा केही कमी कमजोरी भए द्रुतमार्गबाट भए पनि सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री भण्डारीले चिसापानीस्थित निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्रको समेत शुक्रबार अनुगमन गर्नुभयो ।