• ११ मंसिर २०८१, मङ्गलबार

पाटेबाघको छालासहित एक पक्राउ

blog

पाटेबाघको छालासहित पक्राउ परेका चन्द्रबहादुर कार्की ।

गजेन्द्र गुरुङ

खजुरा, चैत ७ गते । दुर्लभ पाटेबाघको छालासहित नेपालगन्जबाट बुधबार बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो दुर्लभ पाटेबाघको छालासहित नेपालगन्ज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित एक होटलबाट पक्राउ परेका हुन् ।

बराहताल गाउँपालिका–२ पाक्मा सुर्खेतका २८ वर्षीय चन्द्रबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

पुष्पलाल चोकस्थित रोयल महाबुब होटलको तेस्रो तलामा रहेको १०१ नम्बरको कोठाबाट ५ फिट ९ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाइ भएको पाटेबाघको छालासहित कार्कीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

सो होटलमा पाटेबाघको छालाको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले होटलको तलासी गर्दा सो कोठामा कार्कीले कालो रङको झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा सो छाला बरामद गरिएको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।

पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।