• १३ साउन २०८१, आइतबार

‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’

blog

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, चैत ९ गते। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको बताउनुभयो।द्वन्द्वले विश्वको अर्थतन्त्रलाई समेत असर गरिरहेको उहाँको भनाइ छ।द्वन्द्वले असमानता झनै बढाइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो।उहाँले लुम्बिनी विश्व शान्तिको कामनाका लागि एकमात्रै स्थान भएकाले लुम्बिनीबाट विश्व शान्तिको कामना गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको छ।यसले विश्वको अर्थतन्त्रलाई समेत नकारात्मक असर गरिरहेको छ।फलस्वरुप असमानता पनि बढिरहेको छ।यस्तो अवस्थामा नेपालको लुम्बिनीबाट विश्व शान्तिको कामना र आह्वान गर्न सकिन्छ। यो ठाउँको विकल्प कुनै अर्को स्थान छैन ।’

कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इण्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्याण्ड, स्पेन, लातिभिया, कोस्टारिका,पोल्याण्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी थिए।विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन्।