• १३ साउन २०८१, आइतबार

सासूआमाको स्मृतिमा अक्षयकोष

blog

अक्षयकोष रकम प्रदान गर्दै शिक्षक सुवेदी । तस्विरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, चैत १८ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –९ श्री मावि इमिलियामा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा अध्यापन गराउँदै आउनुभएका महिला शिक्षकले सासूआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

शिक्षक लीला सुवेदीका सासूआमा स्व. धनकुमारी भुसालको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपियाँको चेक विद्यालयमा हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाको अध्ययनमा सहयोग गर्न अक्षयकोषमा रकम सहयोग गरिएको छ । 

सासूआमाको स्मरण गर्दै ४५ दिनको पुण्यतिथिको अवसरमा सहयोग गरेको शिक्षक सुवेदीले बताउनुभयो । सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्दा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई विद्यालय टिकाउन सहज हुने विद्यालयका प्रअ खगेश्वर खनालले बताउनुभयो ।