• १३ साउन २०८१, आइतबार

'खेल क्षेत्रको विकासको लागि सरकार सकारात्मक छ'

blog

प्रतियोगिताको उद्घाटन सत्रमा मन्तव्य राख्दै मन्त्री अधिकारी । तस्बिर: जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, चैत १८ गते । नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

कपिलवस्तुको बाणगङ्गामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणमा जोड दिनु पर्ने बताउनुभयो । मोफसलमा राष्ट्रिय स्तरका  खेलकुदका प्रतियोगिताले खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मौका पाउने बताउनुभयो ।

शनिबारदेखि सञ्चालनमा आएको प्रतियोगितामा चैत २४ गतेसम्म चल्नेछ । प्रतियोगितामा मोफसलका ४ र ‘ए’ डिभिजन ४ क्लबको सहभागिता रहेको छ । सहभागी हुनेमा ‘ए’ डिभिजन क्लब अन्तर्गत थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब र मोफसलका बीएफसी चितवन, सुदूरपश्चिम-११, सहारा क्लब पोखरा र आयोजक टिमको प्रतिनिधित्व गर्दै कपिलवस्तु-११ छन्। 

प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपियाँ र उप विजेताले ५ लाख ५५ हजार ५५५ रुपियाँसहित ट्रफी प्रदान गरिने आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनुभयो ।