• १३ साउन २०८१, आइतबार

इमरजेन्सी बिरामीको उद्धार गर्न हेलिप्याड निर्माण

blog

गुणबहादुर रोका
सुलीकोट, चैत २८ गते ।
गोरखाको भीमसेन थापा गाउँपालिका – ५ बगुवामा इमरजेन्सी बिरामीको तत्काल उद्धार गर्न हेलिप्याड निर्माण सम्पन्न भएको छ । भीमसेन थापा गाउँपालिकाभित्र रहेका इमरजेन्सी बिरामीलाई तत्कालै उपचार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको हो ।

हेलिप्याड निर्माणका लागि गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाली सेनाको जनशक्ति प्रयोग गरी हेलिप्याड निर्माण गरिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । गाउँपालिकाको बगुवा स्वास्थ्य चौकी नजिक निर्माण भएको हेलिप्याड विपद् व्यावस्थापन गर्न सहज हुने उद्देश्यले निर्माण गरिएको हो ।

विपद्जन्य घटनाबाट घाइते तथा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी हुन नसकेका महिलालाई तत्काल जिल्ला बाहिर तथा काडमाडौं लैजानुपर्ने भएमा हेलिकप्टरमा सहज हुने भएकाले हेलिप्याड निर्माणमा सहकार्य गरेको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताउनु भयो ।

उहाँका अनुसार नेपाली सेना र नागरिकको सम्बन्धमा थप मजबुत बनाउन प्रत्योक पालिकाहरुसँग सहकार्य गर्न नेपाली सेना तत्पार रहेको उहाँको भनाइ छ । मङ्गलबार हेलिप्याड एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरालाई हेलिप्याड हस्तान्त्रण गर्नुभयो । त्यस हेलिप्याड रात्रिकालीन समयमा पनि उडान गर्न मिल्ने बनाइएको नेपाली सेनाले जनाएको छ ।