• १२ साउन २०८१, शनिबार

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने गठबन्धनको सहमति

blog

जोखबहादुर महरा । फाइल तस्बिर

दिवाकर पोख्रेल

देउखुरी, चैत २२ गते। लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाएको छ। नेकपा एमाले र माओवादीसहितको गठबन्धनबिच पाँचबुँदे सहमति भएको हो। नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति भएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले जानकारी दिनुभयो। 

सहमतिमा प्रदेश सरकारबाट गर्ने सबै राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने उल्लेख छ। प्रदेशको पहिचान गर्ने प्रदेश गौरवका योजना साझेदार दलको साझा प्राथमिकताको रुपमा कार्यान्वयन गरिने उल्लेख छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलको नेतृत्वबाट निर्देशक समिति निर्माण गरेर कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने सहमति भएको छ। 



सहमति पत्रमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, एमालेका संसदीय दलका नेता लिला गिरी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गर्नुभएको छ। 

आफू अल्पतमा परेपछि राजनीनामाको तयारीमा रहनुभएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको छ।