रेखीराम राना
तानसेन, चैत २६ गते । पाल्पामा वेवारिस अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित सिद्धार्थ राजमार्गको छेउमा सोमबार बिहान वेवारिसे अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
मृत्यु हुने पुरुष स्याङ्जा जिल्ला भीरकोट नगरपालिकाका ७० वर्षका किसान विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । विश्वकर्मा हाल बुटवल –१३ बेलबासमा बस्दै आउनुभएको थियो ।
अचेत अवस्थामा फेला परेका विश्वकर्मालाई उपचारका लागि अस्पताल पुगाए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।