• ६ जेठ २०८१, आइतबार

खानेपानी आयोजना अलपत्र

blog

बाँकेको जानकी ४ गिजरामा अलपत्र खानेपानी आयोजना । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके,चैत ३० गते । बाँकेको जानकी गाउँपालिका-४ गिजरामा निर्माणाधीन खानेपानी आयोजनाको काम अलपत्र परेको छ । खानेपानी विस्तारका लागि ट्याङ्की र अन्य भवन निर्माण सम्पन्न भएको तीन वर्ष बितेपनी आयोजना सम्पन्न हुन सकेको छैन । 

कार्यालय परिसरमा लामो समयदेखि पाइप थन्किएको छ । खानेपानी डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख प्रकाशजंग शाहले गिजरा खानेपानी आयोजनासँगै सुरु भएका अन्य आयोजनाले खानेपानी वितरण गरिसकेको बताउनुभयो । 

खानेपानी डिभिजन कार्यालयका प्रमुख शाहले भन्नुभयो, "पाइपलाइन बिस्तारका लागि पटकपटक उपभोक्ता समितिको ध्यानाकर्षण गराएपनी काम अघि बढन सकेको छैन ।"

खानेपानी आयोजनाका लागि प्रदेश सरकारले भवन निर्माण, ट्याङ्कि निर्माण लगायत गरेपनी पाइपलाइन बिस्तारमा सहयोग नगर्ने भएपछी आयोजना अलपत्र परेको हो । अन्य आयोजनाले गाउँपालिका र वडा कार्यालयको सहयोगमा पाइपलाइन बिस्तार गरिरहेका छ । 

जानकी गाउँपालिका ४ गिजरास्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान उपाध्यक्ष खिमप्रकाश बिष्टले गाउँपालिका र वडा कार्यालयले सहयोग नगर्दा पाइपलाइन विस्तार हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम अघि बढाउन खोजिएपनी सफल नभएको बिष्टले बताउनुभयो ।