• १२ साउन २०८१, शनिबार

साहित्यकार खनालको 'भाव सङ्गम' सार्वजनिक

blog

रेखीराम राना

तानसेन, चैत ३० गते । साहित्यकार भावना खनालको ‘भाव सङ्गम’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । कविता सङ्ग्रहका हाँस्यव्यङ्ग्य निबन्धकार तथा त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चोलेश्वर शर्मालगायतले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो । 

विविध छन्दमा भिन्न मितिमा रचित ६० वटा कविताहरू यस सङ्ग्रहमा समेटिएको छ । छन्द कविको रुपमा पहिचान बनाउनुभएकी खनालले कलाको सुन्दरताका साथमा गायन गलाले सुसज्जित भई सिंगारिएका कविता रहेको समीक्षक लक्षिमा ज्ञवालीले बताउनुभयो । कविता सङ्ग्रहको विश्व नेपाली साहित्य प्रतिष्ठान दाङका अध्यक्ष कृष्ण बहादुर डिसीले समीक्षा गर्नुभयो ।

कविता सङ्ग्रहभित्रका सबै कविताहरू शास्त्रीय छन्दमा रचिएको छ भने विषयगत अनेकता र भावगत विविधिता कवितामा छ । समसामयिक यथार्थ, राष्टवादी भावना, सांस्कृतिक मुल्यका सम्पदाको उल्लेख, पाल्पाप्रतिको रुझान, वर्तमान समयको आवाजका साथै मानवीय कर्तव्यलाई कवितामा मुखारित रहेको लेखक रामप्रसाद अर्यालले बताउनुभयो । चेतनाका दृष्टिले कवितामा नारीवादी स्वर, आध्यात्मिक, सांस्कृतिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  मानवतावादी तथा प्रणय चेतना छताछुल्ल भएर आएको अर्यालले बताउनुभयो ।