• १६ असार २०८२, सोमबार

सङ्खुवा खोलामा बेलिब्रिज उद्घाटन

blog

उद्घाटन भएको बेलिब्रिज। तस्बिर : सिलिचोङ गाउँपालिका

सुजन बज्राचार्य

सङ्खुवासभा, असार १५ गते। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४, मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२, बुम्लिङ्गटार जोड्ने सङ्खुवा खोलामाथि निर्माण गरिएको बेलिब्रिज आइतबार उद्घाटन भएको छ। 

गाउँपालिकाको चार करोड ३९ लाख रुपियाँको लागतमा निर्माण गरिएको ३९ मिटर लामो उक्त बेलिब्रिज सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना मानेर आफ्नै बजेटमा निर्माण सम्पन्न गरेको हो। गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको पुलले स्थानीयका लागि धेरै पुराना कठिनाइ अन्त्य गरेको छ।

उद्घाटन कार्यक्रममा बाेल्नुहुँदै अध्यक्ष मेवाहाङले बेलिब्रिज बनेसँगै मांतेवा, याफू र ताम्कु गाउँका झण्डै तीन हजार स्थानीयवासीको दैनिक यात्रा सहज भएको बताउनुभयो। उहाँका अनुसार पुल निर्माणसँगै दायाँबायाँ ग्याबियन जाली राख्ने र ढुङ्गा ओछ्याउने कामसमेत पूरा भइसकेको छ।