खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाही
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजनिक नगर्नेमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका र एक हजार ३९७ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।
काँग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेको होइन : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताउनुभएको छ ।
पोषणमा सुधार ल्याउन सरकारबीच समन्वय आवश्यक
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पोषणको अवस्थामा सुधार ल्याउन तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
बहिर्गमित लडाकुको माग सरकारले सम्बोधन गर्नुपर्छ : नेता ज्ञवाली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरूको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रदेश सभामा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस
कर्णाली प्रदेश सभामा रहेका विषयगत समितिले वार्षिक प्रतिवेदन पेस गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा सभामा रहेका विषयगत समितिहरूले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधार गरौँ : अध्यक्ष यादव
सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार न्यूनीकरण गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनु पर्दैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट भएको छ ।
कांग्रेस बैठकमा सहरी विकास मन्त्रालयको गतिविधिबारे जानकारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री सीता गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा मन्त्रालयको गतिविधिबारे जानकारी गराउनुभएको छ ।
युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ ।
जनताका दैनिक समस्याको सम्बोधन हुनुपर्छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका दैनिक समस्याको विषयमा प्रस्ताव आउनुपर्ने बताउनुभयो ।
नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।
सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेट
सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
कोशी सरकार गठनको विवाद सर्वोच्चको पूर्ण इजलासमा पठाउन आदेश
कोशी प्रदेशमा सरकार गठन प्रक्रियाको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।
माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको छ : विप्लव
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओली आज स्वदेश फर्किनुहुँदै
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियाको भ्रमण सम्पन्न गरी आज (सोमबार) साँझ स्वदेश फर्कँदै हुनुहुन्छ ।
सरकारले भ्रष्टाचार काण्डका दोषीलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : नेता भुसाल
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
पाल्पामा समाजवादी मोर्चा गठन
पाल्पामा क्रियाशील चार दलले समाजवादी मोर्चा गठन गरेका छन् ।
अध्यक्ष ओलीसँग श्रीलङ्का र नाइजेरियाका पूर्वराष्ट्रपतिको भेट
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ ।
२६ जना सहसचिवको सरुवा
सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
आर्थिक गतिविधिमा सुधार आउँछः अर्थमन्त्री डा. महत
अर्थ मन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधि तीव्र रूपमा सुधार आउने बताउनु भएको छ । उहाँले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : बहुल सदस्य नेतृत्वको प्रतिरक्षामा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक सन्दर्भलाई लिएर पेचिलो बहस भइरहेको छ। साउन २ गतेदेखि जारी बैठकमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झन्डै दुईतिहाइ बहुमतको सरकारले दुई पटक संसद् विघटन गरेपछि उत्पन्न परिस्थितिदेखि अहिले कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका राजनीतिक दलसँगको सहकार्यसम्मका विषयमा गम्भीर समीक्षा भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकालमा सुरुवातका राजनीतिक उपलब्धिलाई समेटेर पार्टीलाई नवीन साङ्गठनिक संरचनासाथ अघि बढाउनुपर्ने केन्द्रीय सदस्यहरूको सुझाव छ।
खोटाङका सिडिओ भोजराज खतिवडा निलम्बित
खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । यस अघि ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् विस्तारमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।