खोटाङका सिडिओ भोजराज खतिवडा निलम्बित
खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । यस अघि ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् विस्तारमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।
मिटरब्याज विधेयकमा राय ‘संवैधानिक र कानुनी प्रश्न छैन’
मिटरब्याजसम्बन्धी विधेयक पारित प्रक्रियामा राष्ट्रिय सभामा उठाएका संवैधानिक र कानुनी प्रश्नबारे महान्यायाधिवक्ताले कार्यव्यवस्था परामर्श समितिमा राय दिनुभएको छ। समितिको आमन्त्रण अनुसार महान्यायाधिवक्ता दीनमणि पोखरेलले आइतबार राय दिनुभएको हो। समितिले रायपछि पनि थप राजनीतिक परामर्श गरेर मात्र विधेयकलाई कार्यसूचीमा राख्ने सहमति गरेको छ।
सुन प्रकरणमा सरकार जवाफदेही हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलले सरकार सुन प्रकरणमा जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । ४५ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा एमाले काठमाडौं जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको समाज रुपान्तरणमा पुष्पलालको भूमिका विचार गोष्ठीमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने मन्त्रीद्वारा कार्यप्रगति विवरण पेश
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका मन्त्रीले आआफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेश गर्नुभएको छ ।
माओवादी उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ ।
राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधि मण्डलको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनका सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ।
प्रधानमन्त्री प्रचण्ड र युआनबीच भर्चुअल माध्यमद्वारा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका नेता युआन जियाजुनले आइतबार दिउँसो भर्चुअल माध्यमद्वारा छलफल गर्नुभएको छ ।
‘परिवर्तनका लागि जनताका शक्ति सँगै हुनुपर्छ’
पूर्व राजदूत नीलाम्बर आचार्यले पुष्पलालले देश परिवर्तनका लागि जनताका प्रमुख शक्तिहरू एक ठाउँमा हुनुपर्ने नीति अख्तियार गर्नुभएको स्मरण गर्नुभएको छ ।
भ्रातृ संस्थाको गठनमा सन्तुलन कायम गरियोस् : सहमहामन्त्री जीवन परियार
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरूको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ ।
कोशी प्रदेशका सभामुखबारे अदालतको फैसला स्वीकार्य हुन्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेश सभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने बताउनुभएको छ ।
राज्यबाट पहिलो पटक बीपीको योगदानको स्मरण
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, नेपाली कांग्रेस संस्थापक नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूले आठ वर्ष राजबन्दी जीवन बिताएको काठमाडौँको सुन्दरीजल जेल (बीपी सङ्ग्रहालय) मा अघिल्ला वर्षमा कांग्रेस नेता र कार्यकर्ता मात्रै पुग्नुहुन्थ्यो ।
पुष्पलाल नेपालको राष्ट्रिय विभूति हुनुहुन्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति भएको भन्दै समग्र रामेछापको विकासका लागि उहाँको जन्मथलो भंगेरीको विकासमा दलगत स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भयो : परराष्ट्रमन्त्री
नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताउनुभएको छ।
माओवादी उपाध्यक्ष भुसाल नेतृत्वको टोली आज भारत जाँदै
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको पाँच सदस्यीय टोली आज भारत जाँदैछ । माओवादी केन्द्रकी उपाध्यक्ष भुसालले आइतबार अपराह्न ५ बजे भारत जाने कार्यतालिका रहेको जानकारी दिनुभयो ।
पार्टीभित्र अनुशासनको आवश्यकता छ : अर्थमन्त्री डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान साढे ७ बजे त्यहाँ पुग्नुभएको हो ।
सौर्य बैठकमा सहभागी हुन मन्त्री बस्नेत नेतृत्वको टोली अबुधावी प्रस्थान
संयुक्त अरव इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौं बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यहाँका लागि प्रस्थान गरेको छ। बैठक जुलाई २४ देखि २६ (साउन ८ देखि १०) सम्म हुनेछ ।
बैठक गर्नुअघि लाइभको कार्यविधि बन्नुपर्थ्यो : नेता कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठक बस्नुअघि त्यसको कार्यविधि तय गरेर बैठक लाइभ गरेको भए राम्रो हुने सुझाव दिनुभएको छ । केन्द्रीय समिति बैठक सानेपामा आज आफ्नो धारणा राख्नुहुँदै उहाँले सो सुझाव दिनुभएको हो ।
आफ्नो-आफ्नो पसल थापेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताउनुभएको छ ।
पुष्पलाल स्मृति दिवस मनाइँदै
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी : वामदेव गौतम
पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारी नै दोषि रहेको बताउनुभएको छ।
समाजवाद उत्पादनसँग जोडिएको छः महामन्त्री थापा
कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको तुलना राष्ट्रियताको सवालमा कसैसँग हुन नसक्ने बताउनुभएको छ ।
स्मृति दिवसमा अग्रज किसान सहिद गुम्रा थारुको सम्झना
नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।
दिगो शान्ति र स्थायित्वका लागि एकजुट हुनुपर्छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।