खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ ।
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना
निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयो : गुरुराज घिमिरे
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताउनुभएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी पाण्डेयलाई
अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव डा. टोकराज पाण्डेयलाई दिएको छ।
एक्लै हिँडेर गन्तव्यमा पुगिँदैन, टिम बनाऔँ : कांग्रेस नेता भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक्लै हिँडेर गन्तव्यमा नपुग्ने भन्नुहुँदै टिम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो। ४१ औँ बिपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्नुहुँदै उहाँले देशलाई सम्पन्न गराउन यसको आवश्यकता रहेको धारणा राख्नुभयो।
गोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरु
गोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चार जनालाई परिचयपत्र वितरण गर्नुभएको हो। गोरखा नगरपालिका वडा–३ का सुरज बस्नेत, गोरखा नगरपालिका वडा नम्बर १ की आकृति भट्ट, निर्मला ढुङ्गाना र बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–३ का जानुका आले मगर गृहमन्त्री श्रेष्ठको हातबाट परिचयपत्र पाउनुभएको हो।
जनमतद्वारा पूर्ण केन्द्रीय समिति बैठक आह्वान
समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।
प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकबीच भेट
इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ ।
कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।
अपराधमा संलग्न सबैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभएको छ।
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन : नेता निधी
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै कांग्रेस निधीले यस्तो बताउनुभएको हो ।
देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ : पूर्वसभामुख रानाभाट
पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. एल्भारो लाइरोबीच भेटवार्ता भएको छ ।
कोशी सरकार गठनविरुद्धको मुद्दामा सुनुवाइ जारी
कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा जारी रहेको छ ।
नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उहाँले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने बताउनुभयो ।
‘नेकपाका संस्थापक कर्माचार्य भन्नुहुन्थ्यो, कम्युनिस्टले सिद्धान्त र व्यवहारलाई मिलाएर लैजानुपर्छ’
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशाँै स्मृति दिवस । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका संस्थापक सदस्यको २०७० साल साउन ९ गते काठमाडाँैमा निधन भएको थियो ।
एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक साउन २० र २१ मा
बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेकोे जानकारी दिनुभयो ।
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । उहाँ यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ ।
‘विद्यालय खाजा कार्यक्रम सफल’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लागु गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताउनुभएको छ । खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सोमबार सम्बोधन गर्दै उहाँले विद्यालय खाजा कार्यक्रम नेपालका सफल कार्यक्रममध्येको एक रहेको उल्लेख गर्नुभयो ।
गण्डकीको केही सडक र पुल आयोजना वर्षौँदेखि रुग्ण
विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।
‘जुछे विचार सान्दर्भिक’
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जुछे विचार विश्वभर उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ। उत्तर कोरियाली नेता किम इल सुङको नेतृत्वमा क्रान्ति भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले जुछे विचार जनतालाई एकताबद्ध गर्ने उत्कृष्ट विचार भएको उल्लेख गर्नुभयो।