• ११ मंसिर २०८१, मङ्गलबार

जि–२० मा एयुलाई सदस्य बनाउनु ठिक छ : इजिप्ट राष्ट्रपति

blog

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २४ गते । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जी –२० को समूहमा पूर्ण सदस्यको रूपमा समावेश गर्नु स्वागतयोग्य भएको बताउनुभएको छ । 

उहाँले जी –२० मा समावेश गराउने कदम सही दिशामा रहेको र यसले अन्तर्राष्ट्रिय एजेण्डामा अफ्रिकी महादिपको प्राथमिकता राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

भारतको नयाँ दिल्लीमा चलिरहेको जी –२० शिखर सम्मेलनस्थल नजिकै आयोजित अफ्रिका—युरोप मिनी शिखर सम्मेलनको क्रममा सिसीले सो कुरा बताउनुभयो । मिनी शिखर सम्मेलनको क्रममा अफ्रिकी र युरोपेली नेताले उनीहरूको साझेदारीलाई बढवा दिन र पारस्परिक हित र लाभ हासिल गर्न निरन्तर समन्वय र सहकार्यमा जोड दिएका छन् । शनिवार जी –२० सदस्यले इयुलाई जी २० सदस्य बनाउन सहमत भएका थिए । 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।