बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताउनुभएको छ ।
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रिय सभाबाट पारित
राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो ।
राष्ट्रिय सभा बैठक : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल
राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ ।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।
कोशी सरकार गठनविरुद्धको मुद्दाको फैसला आज
सर्वोच्च अदालत दायर भएको कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको फैसला आज आउने भएको छ ।
भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छौँ : प्रम प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कडा कदम चालेको बताउनुभएको छ । उहाँले सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महìवपूर्ण कामको थालनी गरेको बताउनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते
यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो।
सरकारको भ्रष्टाचारविरोधी अभियानमा कांग्रेसको समर्थन
नेपाली कांग्रेसको साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्य समिति बैठक बुधबार सम्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुँदै बैठकमा निकै महत्वपूर्ण सुझाव संकलन भएको बताउनुभयो ।
महामन्त्री शर्माद्वारा बैठकमा सुझावसहितको प्रतिवेदन पेस
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले साउन २ गतेदेखि सुरु भएको बैठकमा प्राप्त सुझावहरूसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
लागत कट्टा नहुँदा धरानको जग्गा कसकाे भन्ने खुलेन
पछिल्लो समय धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई विवादै विवादमा मुच्छिनु भएको छ । धरान १४ स्थित हिन्दुहरूले पुज्ने मन्दिर अगाडि क्रिस्चियन धर्मको चर्च बनेपछि नगर प्रमुख राई थप विवादमा तानिनुभएको हो ।
एमालेद्वारा प्रतिनिधिसभामा अवरोध : बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।
एमसीसी कार्यान्वयनबारे सरकारसँग जवाफ माग्ने
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।
निर्धारित समयभन्दा ढिलो गरी प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज दिउँसो १ बजे बस्ने कार्यसूची रहे पनि विविध कारणले करिब दुई घण्टा ढिलोगरी बैठक सुरुभएको संसद् सचिवालयले जनाएको छ ।
सुन प्रकरणबारेमा एमालेले संसदमा कुरा उठाउने
नेकपा (एमाले) संसदीय दलको बैठकमा विमानस्थलमा पछिल्लो समय भेटिएको एक क्विन्टल सुन प्रकरण सम्बन्धमा छलफल भएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सभापति देउवाले सम्बोधन गर्नुहुने
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बुधबार अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
कोशी सरकार गठनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो ।
प्रतिनिधि सभा बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ ।
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो ।
कोशी सरकार गठन विवाद : विशेष इजलासमा सुनुवाइ सुरु
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको छ। आइतबारदेखि मुद्दा अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश भए पनि मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो। बुधबारसम्म बहस सक्न इजलासले दुवै पक्षलाई आग्रह गरेको छ। नियुक्ति विवादको मुद्दा लम्बिदा कोशीमा सरकारको विश्वासको मत प्रक्रिया तथा अन्य नीतिगत र दीर्घकालीन निर्णयसमेत रोकिएका छन्।
नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम सरकारमा सहभागी नहुने
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा तत्काल सहभागिता नजनाउने निर्णय गरेको छ। सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मन्त्रालय भागवण्डा नमिलेकाले प्रदेश सरकारमा नजाने निर्णय गरेको हो। सो पार्टीले दुई मन्त्री र दुई राज्यमन्त्री पाउनु पर्ने जिकिर गरेको छ।
लुम्बिनी प्रदेश सभामा निजामती विधेयक प्रस्तुत
लुम्बिनी प्रदेश सभामा निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रस्तुत भएको छ।
भीमसेन थापाले मुलुकलाई ठुलो गुन लगाउनुभएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठुलो गुन लगाउनुभएको उल्लेख गर्नुभएको छ।
चर्चामा आएका सबै काण्ड छानबिन हुनुपर्छ : प्रदीप ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले अनियमितताका फाइल खोल्नु उचित भएको बताउनुभएको छ।
रास्वपा बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का निलम्बन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।