• १३ मंसिर २०८१, बिहिबार

नेम्वाङको निधनपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित

blog

फाइल तस्बिर

प्रकाशविक्रम शाह

धनगढी, भदौ २६ गते । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको गए राति असामयिक निधन भएपछि आज धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित गरिएको छ । 

प्रधानमन्त्री तथा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थितिमा समाजवादी मोर्चाको  कार्यक्रम हुने गरी तय भएको थियो । 

मैले ५० वर्ष उहाँ (सुवास नेम्वाङ ) र मैले ५० वर्ष सँगै काम गर्‍यौ, उहाँको दुःखद निधन भएको बेला कसरी कार्यक्रम गर्ने, स्थगित गरौँ भनेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेपछि कार्यक्रम स्थगित भएको सो पार्टीका कैलाली जिल्लाका सचिव दीर्घ जोशीले बताउनुभयो । 

यसअघि पनि भदौ १३ गते धनगढीमा तय गरिएको मोर्चाको कार्यक्रम अन्तिम चरणमा आएर स्थगित भएको थियो ।