• २१ वैशाख २०८१, शुक्रबार

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

blog

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ

काठमाडौं, भदौ २६ गते । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उहाँको बाटोमै निधन भएको जनाइएको छ । 

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो । अस्पताल ल्याउँदा नै उहाँको शरीर चिसो भइसकेको थियो । 

डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो । 


अस्पतालमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू  । तस्बिर : राजन काफ्ले 

वाथरुम जाने क्रममा उहाँ ढल्नु भएको र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका थिए तर उहाँको बाटोमै निधन भएको थियो । 

डा. महर्जनले भन्नुभयो, ‘‘ हाम्रो अस्पतालको ठूलो टिमले निकै अथक प्रयास गरेको थियो,  तर उहाँको बाटोमै निधन भएकाले बचाउन सम्भव भएन ।’’ 

अहिले शिक्षण अस्पतालमा एमालेका नेताहरूको जम्मा हुने क्रम बढेको छ । 

यो पनि पढ्नुहोस

इलाम क्षेत्र २ मा संविधान सभा अध्यक्ष नेम्वाङ निर्वाचित

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।