• ५ जेठ २०८१, शनिबार

आज समाजवादी मोर्चाको सन्देश सभा विराटनगरमा

blog

गोकुल पराजुली

विराटनगर, भदौ २५ गते । समाजवादी मोर्चा नेपालले आज विराटनगरमा सन्देश सभा आयोजना गर्ने भएको छ । समाजवादी मोर्चा गठन गरेपछि त्यसको सन्देश सबै प्रदेशमा दिने उद्देश्यले पाँच प्रदेशमा सन्देश सभा आयोजना गरेको मोर्चाले विराटनगरबाट सन्देश सभा समापन गर्नेछ ।

प्राविधिक कारणले सुदूरपश्चिम प्रदेशमा भने मोर्चाले सन्देश सभा स्थगित गरेको थियो । विराटनगरमा हुने समाजवादी मोर्चाको समापन सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव विराटनगर आउने कार्यक्रम छ ।

सभामा प्रदेशका १४ वटै जिल्लाबाट प्रतिनिधिमूलक रूपमा कार्यकर्ताहरू सहभागी हुने आयोजकले जानकारी दिएको छ । कोशी प्रदेशमा सन्देश सभा आयोजना गर्न जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष दीपक याख्यालाई संयोजक तोकेको छ । सन्देश सभा १ बजेबाट सुरु हुने मोर्चाले जनाएको छ ।