• २९ वैशाख २०८२, सोमबार

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

blog

काठमाडौं, भदौ २६ गते । काठमाडौँ, २६ भदौ  नेकपा [एकीकृत समाजवादी] का अध्यक्ष माधवकुमार नेपालले  गए राति निधन हुनुभएका नेकपा [एमाले] का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।  संविधानसभाका अध्यक्ष  नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

नेम्वाङको पार्थिव  शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघात भएको थियो । उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुग्नुभएको छ ।