उपप्रधानमन्त्री खड्का सेनाको मध्य एयर वेशको भ्रमणमा
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयर वेशको निरीक्षण गर्नुभएको छ।
नेपालमै उपचार गर्न स्वास्थ्यमन्त्री बस्नेतको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्न आग्रह गर्नुभएको छ।
मुलुकको अवस्था परिवर्तनमा नेतृत्व अलमलियो : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताउनुभएको छ । निरंकुशताका अनेक जन्जाललाई तोड्दै राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्नमा नेताहरु अल्मलिएको उहाँको भनाइ छ ।
प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः सांसद गौतम
राष्ट्रिय सभा सांसद वामदेवगौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताउनुभएको छ ।
कोशी सरकार गठनका लागि आह्वान
प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।
राष्ट्रपतिद्वारा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
गणपूरक सङ्ख्या नपुगेपछि संसदीय समितिको बैठक बस्न सकेन
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।
‘अहिले म नै मुख्यमन्त्री हुँ’ : नेता कार्की
नेकपा (एमाले) संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको आदेश बमोजिम अहिले आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्नुभएको छ ।
कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताउनुभएको छ ।
राष्ट्रसङ्घीय खाद्य सुरक्षा कार्यक्रम र रोम यात्रा
संयुक्त राष्ट्रसंघ, इटली सरकार र रोमस्थित खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा सहभागी हुँदा र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाट फलदायी रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री 'प्रचण्ड' स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि कार्यक्रममा सहभागी हुनु भई स्वदेश फर्कनुभएको छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान अवतरण हुनु भयो ।
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियोे ।
प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
उपराष्ट्रपति र पाकिस्तानका राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच हाशमीबीच लैनचौरमा बिहीबार शिष्टाचार भेटघाट भएको छ । भेटघाटका क्रममा शुभकामना आदान–प्रदान र द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।
समाजवादी मोर्चाको कार्यविधि कार्यान्वयनमा
समाजवादी मोर्चा नेपालले कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले चार पार्टीको अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ । संयोजन समितिको मातहतमा केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा हुनुहुन्छ। जुन पार्टीले अध्यक्षता गरेको हुन्छ, सोही पार्टीको प्रतिनिधि सदस्यसचिव रहने व्यवस्था छ ।
दुवै सदनबाट मिटरब्याज विधेयक पारित, कारबाहीको बाटो खुल्यो
मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो। दुवै सदनबाट पारित विधेयक अब प्रमाणितपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने छ।
प्रधानमन्त्रीद्वारा रोममा अवस्थित स्टुडियो ओलम्पीको अवलोकन (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गर्नुभएको छ ।
अवैध ओसारपसार गर्ने कामलाई कडाइका साथ नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
सङ्घीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्ति सुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिनुभएको छ।
दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात हो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्ति बदर, नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।
सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गरिनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोगद्वारा सुदूरपश्चिमका ७९ जनालाई जरिवाना
निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाएको कसुरमा नेपाली कांग्रेसका नेताद्वय नारायणप्रकाश साउद (एनपी साउद) र रमेश लेखकसहित सुदूरपश्चिम प्रदेशमा ७९ जना उम्मेदवारलाई जरिवाना गरेको छ ।
आइटी जनशक्तिलाई देशभित्रै काम गर्ने वातावरण बनाउँछौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वातावरण बनाउन लागिरहेको बताउनुभएको छ ।
बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताउनुभएको छ ।