• १४ मंसिर २०८१, शुक्रबार

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा

blog

संविधान सभाका अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ

काठमाडौं, भदौ २६ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यो पनि पढ्नुहोस

नेता सुवास नेम्वाङका छोराहरू विदेशमा रहेकाले उहाँहरू आएपछि अन्त्येष्टिको टुङ्गो लाग्ने र सोही दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिनुभयो ।

साथै सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । संविधान सभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो।