चीन भ्रमणमा प्रधानमन्त्रीलाई सुझाव : तेल र रेलको समस्या समाधान होस्
नेकपा(एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाल–चीन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ।
एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने
नेकपा (एमाले) ले संविधान सभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
अनुसन्धानमा अत्याधुनिक प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले वर्तमान विज्ञान र प्रविधिको युगमा प्रहरीले अपराध वा कुनै घटनाको अध्ययन अनुसन्धानमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विज्ञान प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढ्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य पद एक रिक्त भएको सदनलाई जानकारी
प्रतिनिधि सभा बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।
नेपालको समावेशी शासन प्रणालीबारे विश्व समुदायलाई जानकारी गराउन पाउनु अवसर हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भ्रमणका क्रममा नेपालको मौलिकतासहितको लोकतन्त्र, समावेशी शासन प्रणालीबारे विश्व समुदायमाझ राख्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ ।
बबई कोरिडोर निर्माणको कामलाई प्राथमिकतामा छ : मुख्यमन्त्री चौधरी
दाङको सातौँ जिल्ला सभा सुरु भएको छ । सभाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो ।
प्रतिनिधिसभा बैठक
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट नयाँबानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
संसदमा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहनुभएको छ ।
सहिद र बेपत्ता परिवारको घरघरमा पुगे माओवादी
नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम बाँकेमा पनि चलिरहेको छ ।
नेपाल क्षेत्रीय र विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको बताउनुभएको छ ।
बागमती प्रदेश सभाको बैठक शनिबार बस्ने
बागमती प्रदेश सभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ ।
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संसद् बैठक छाडेर हिँड्ने विषय सुहाउँदो भएन: सांसद चौधरी
नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आउनुभएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
भोली प्रधानमन्त्री न्यूयोर्क प्रस्थान गर्नुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली (शनिबार) त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
राष्ट्रपतिद्वारा बाल दिवसको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिनुभएको छ ।
‘बाल दिवसलाई नारामा सीमित नराखौँ’
उपराष्ट्रपति रामसहायप्रसाद यादवले भविष्यका कर्णधार बालबालिकालाई संविधानप्रदत्त हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना दिँदै उहाँले सो आवश्कता औँल्याउनुभएको हो। उहाँले यस दिवसलाई नारा र औपचारिकतामा मात्र सीमित नराखी त्यसको कार्यान्वयनमा जोड दिन सुझाउनुभएको छ।
निजामती सेवा विधेयक संसदमा दर्ता गर्ने तयारी
सङ्घीय निजामती सेवा विधेयक मा संसदमा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। भदौ २१ गते सरकारले शिक्षा र सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको थियो। बुधबार शिक्षा विधेयक संसद्मा दर्ता भइसकेको छ भने सङ्घीय निजामती सेवा विधेयक भने संसद्मा अझै दर्ता हुन सकेको छैन।
शालीन राजनीतिज्ञ नेम्वाङको पशुपतिमा अन्त्येष्टि
शालीन राजनीतिका एक पर्याय सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः अध्यक्ष ओली
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ।
खेलाडीले देशको गौरव र उचाइ बढाउने प्रधानमन्त्रीको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधि सभाको आजको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि हातपात गर्नेलाई तुरुन्त कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ।