मकवानपुर, भदौ २९ गते । बागमती प्रदेश सभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।
प्रदेश सभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । रासस