काठमाडौं, भदौ २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भ्रमणका क्रममा नेपालको मौलिकतासहितको लोकतन्त्र, समावेशी शासन प्रणालीबारे विश्व समुदायमाझ राख्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ ।
आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराउनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । ‘‘न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपालको विषयबारे विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको छु’’ उहाँले भन्नुभयो ।
सोहीअनुसार उहाँले आफ्नो तेस्रो पटकको चीन भ्रमणले पनि आफू उत्साहित भएको र नेपाल–चीनबिचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘‘यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवम् नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु’’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा राख्नुभएको धारणाको पूर्णपाठ