पार्टी अभियानबाट आशाका झिल्का देखा परे
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सरकारले गरेका असल काम जनतासम्म पुर्याउने उद्देश्यले भदौ १६ गतेदेखि तीन महिनासम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरिरहेको छ । माओवादी केन्द्र जनताका आलोचना, गुनासा र सुझावहरू सरकारमार्फत सम्बोधन गर्ने गरी ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ देशभरका छ हजार ७४३ वडामा केन्द्रित भएको छ । पार्टीको तीन महिने अभियानबाट विधान सम्मेलन गरेर व्यवस्थित पार्टी बनाउने लक्ष्य पनि लिइएको छ । यही विषयसहित सरकारका कामकारबाही, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकलगायतका विषयमा के
रूपान्तरणका लागि तीनमहिने अभियान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादीको तीनमहिने अभियानले पार्टीलाई रूपान्तरण गर्ने कुरा मुख्य भएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी रूपान्तरण गरी जनमुखी बनाइने उल्लेख गर्नुभयो।
नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र
नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
‘जनउत्तरदायी शासन प्रणाली प्रबर्धन गर्न नवीन चिन्तन आवश्यक’
राजनीतिज्ञ, वरिष्ठ प्रशासक, व्यवस्थापनविद् एवं न्याय क्षेत्रका अगुवाहरूले नेपाली समाजलाई अनुसन्धानात्मक र स्तरीय विचार र चिन्तनका माध्यमबाट अझ परिष्कृत बनाउनुपर्ने बताउनुभएको छ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षाममन्त्री खड्काले सम्हाल्ने गरी तोक्नु भएको हो।
बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नु अन्याय होः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प छैन : माओवादी
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताउनुभएको हो ।
देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।
समतामुलक समाजका लागि छुवाछूत अन्त्य हुनुपर्छ : मुख्य सचेतक दास
नेकपा (एमाले) मधेश प्रदेशका मुख्य सचेतक लखन दासले समतामूलक समाज निमार्णका लागि छुवाछूत पुर्णरुपमा अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गर्नुभएको छ ।
दलगत सोचभन्दा माथि उठेर देश बनाउन लाग्नुपर्छ : सांसद तामाङ
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुक बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।
युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताउनुभएको छ ।
भोलि सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
समाजवादी ट्रेड युनियन महासङ्घले तोक्यो प्रदेश इन्चार्ज
जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले प्रदेशस्तरीय इन्चार्ज तोकेको छ ।
शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि
नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।
मतदाता नामावली सङ्कलन कार्यविधि तयार
निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली सङ्कलन र निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन तथा विदेशमा रहेका नागरिकको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यविधि तयार गरेको छ। आयोगले तयार भएको कार्यविधि चार वटा मन्त्रालयमा रायका लागि पठाएको जनाएको छ।
आज प्रधानमन्त्री न्युयोर्क जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुहुँदै छ। उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नुभएको हो। आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माण : २०३० एजेन्डा
चौबिस दलले मात्र बुझाए जरिबाना
लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाएका छन्। आयोगको गत साउन १ गतेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने, प्रतिवेदन समयमा नबुझाउँदा स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ पेस नगर्ने दललाई जरिबाना तोकेको थियो।
तीजलाई विकृतिबाट मुक्त बनाउँदै लैजानुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
उच्च अदालतका लागि २७ न्यायाधीशको नाम सिफारिस
न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ ।
संविधान दिवसको अवसरमा सरकारले विभूषण वितरण नगर्ने
संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ।
‘सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्छ’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
हुलाक सेवालाई जिवन्त राख्न स्मार्ट बनाउन जरुरी : मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेको बताउनुभएको छ ।