• २८ वैशाख २०८२, आइतबार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

blog

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का । फाइल तस्बिर

काठमाडौं, भदौ ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएपछि शनिबार राष्ट्रपति पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोक्नुभएको हो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षाममन्त्री खड्काले सम्हाल्ने गरी तोक्नु भएको हो। 

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने र त्यहाँबाट जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानु हुनेछ। उहाँ शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट न्युयोर्क प्रस्थान गर्नुभएको हो।