• ६ पुस २०८१, शनिबार

समतामुलक समाजका लागि छुवाछूत अन्त्य हुनुपर्छ : मुख्य सचेतक दास

blog

कार्यक्रममा सहभागी प्रदेश मुख्य सचेतक दास । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, भदौ ३० गते । नेकपा (एमाले) मधेश प्रदेशका मुख्य सचेतक लखन दासले समतामूलक समाज निमार्णका लागि छुवाछूत पुर्णरुपमा अन्त्य हुनुपर्ने बताउनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको छैटौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कानुनले छुवाछूत गर्नेलाई कारबाही हुने ज्ञारेन्टी गर्दा पनि कार्यान्वयनको पाटो अझै कमजोर भएको बताउनुभयो । 

उहाँले शिक्षाकै कारण दलितहरू पछाडि परेको भन्दै आ—आफ्नो बालबालिकालाई शिक्षित बनाउन दलितहरू अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले संविधानले दलितका लागि राजनीतिक अधिकारको समेत ग्यारेन्टी गरे पनि दलितहरूले सो अनुसारको अधिकार प्राप्त गर्न नसकेको बताउनुभयो । 

उहाँले अधिकार प्राप्तिका लागि उत्पीडित जातीहरू एकताबद्ध हुनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका राष्ट्रिय अध्यक्ष मनोहर विश्वकर्माले राज्यले जातीय छुवाछूतको अन्त्य र समतामूलक समाज निर्माण गर्नु नै नेपाल उत्पीडित जातीय मुक्ति समाजको  लक्ष्य भएको बताउनुभयो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका धनुषा अध्यक्ष विनोद मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, एमाले धनुषा अध्यक्ष राजकिशोर यादव, विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहितकाले आ—आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।