• २८ वैशाख २०८२, आइतबार

नेम्वाङप्रति समाजवादी मोर्चाको श्रद्धाञ्जली

blog

फाइल तस्बिर

काठमाडौं, भदौ २६ गते। संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङप्रति समाजवादी मोर्चाले श्रद्धाञ्जली व्यक्त गरेको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै समाजवादी मोर्चाका संयोजक माधव नेपालले मोर्चाको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। 

‘‘संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, इलाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले)का उपाध्यक्ष, भद्र एवम् शालीन व्यक्तित्व कमरेड सुवास नेम्वाङको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ’’, विज्ञप्तिमा भनिएको छ, ‘‘राष्ट्रको लागि उहाँको अमूल्य योगदानको उच्च  सम्मान गर्दै दुःखको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।’’

नेम्वाङको निधनमा मोर्चाले मंगलबार धनगढीमा आयोजना गरेको सन्देश सभासमेत स्थगित गरेको छ।