• २४ असार २०८२, मङ्गलबार

प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

blog

काठमाडौँ,  असार २४ गते ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।  

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथ ग्रहण गराउनुभएको हो ।

 न्याय परिषद्काे सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उहाँहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्नुभएको थियो ।

शपथ ग्रहणपश्चात् आजैदेखि तीन न्यायाधीशले कार्यभार सम्हाल्नुभएको छ । यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्यायपरिषद् सदस्य महेशकुमार नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराउनुभएको हो । रासस