काठमाडौँ, असार २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबिच मङ्गलबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी हुनुहुन्छ ।