• २८ वैशाख २०८२, आइतबार

नेम्वाङको निधनबाट मुलुकले शालीन राजनीतिज्ञ गुमाएको छ : अध्यक्ष रेग्मी

blog

काठमाडौँ, भदौ२६  गते । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताउनुभएको छ ।

उहाँले कानुनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानुनी र संवैधानिक इतिहासमा पूर्वसभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने उल्लेख गर्नुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “सुवासजीको न्याय क्षेत्रमा राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका खेल्नुभयो ।”

नजिकबाट चिनेको व्यक्ति भएकाले सुवासजीको  निधनको खबरले साह्रै दुःख लागेको बताउँदै उहाँले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । रासस