राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गर्नुभएको छ । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
अर्थतन्त्रमा देखिएका बेथिति अन्त्य गर्न लागेको छु : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताउनु भएको छ ।
वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित हुँदै लोभ र डरबाट मुक्त भएर देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ।
बीपीको सालिक अनावरण
बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज (शनिबार) सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
राजमार्ग विस्तार र सुरुङ मार्ग निर्माणको काम अघि बढ्छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले बीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गरी काम अघि बढाउने बताउनुभएको छ ।
सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गर्नुभएको छ।
एक वर्षभित्र देशभरिका विद्यालयमा इन्टरनेट पुर्याउँछौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।
बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल
नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
बीपीको नीति अनुसार श्रम नीति बन्न सकेन : नेता पौडेल
नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले आफू मजदुरको साथी सांसद बन्न चाहेको बताउनुभएको छ।
बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री डा. महत
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताउनुभयो ।
बबियामा बीपी कोइरालाको सालिक अनावरण
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा शनिबार सुनसरीको इनरुवा नगरपालिका –९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ ।
नेता कार्यकर्ताले पढ्नुपर्ने बीपीका तीन पत्र
कांग्रेस स्थापनामा कोइराला परिवारको सङ्घर्षलाई एउटा छुट्टै अध्यायका रूपमा हेरिन्छ । त्यसमाथि विश्वेश्वरप्रसाद कोइरालाको सङ्घर्ष अझ फरक छ ।
कांग्रेस चितवनको १५ दिने अभियान सुरु
नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आज (शनिबार) देखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ ।
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताउनुभएको छ ।
प्रधानमन्त्री आज इटाली जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणको तयारी पूरा भएको छ । लामो समयको अन्तरालमा दुई देशबिच उच्चस्तरीय भ्रमण हुन लागेको हो। इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब पूरा भएको जनाएको छ।
सञ्चारमन्त्री रेखा शर्मा सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।
कांग्रेस बैठकमा पार्टी एकताबद्ध बनाउन जोड
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एउटा घर सञ्चालनका लागि पनि अनुशासन चाहिने भन्नुहुँदै बैठकमा एकआपसमा वाकयुद्ध गर्न नहुने बताउनुभयो।
सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रेस युनियन गुल्मीमा विवाद, वैकल्पिक समिति घोषणा
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले घोषणा गरेको समूहलाई अस्वीकार गर्दै गुल्मी कार्य समितिविरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषणा गरेका छन् ।
बाँकेमा स्थानीय तहबाटै श्रम स्वीकृति
बाँके जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृतिको प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार जिल्लाका स्थानीय तहबाटै श्रम स्विकृति दिनेक्रम सुरु भएको हो। स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको हो।
राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः सञ्चारमन्त्री शर्मा
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताउनुभएको हो।
मधेश प्रदेशवासीको उत्पीडन अन्त्य गर्न सरकार गम्भीर छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ ।
निर्वाचनमा महिलाहरूबिच नै प्रतिस्पर्धा हुनुपर्छ : डा. आरजु
नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिनुभएको छ ।