• ११ पुस २०८१, बिहिबार

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

blog

काठमाडौं, भदौ २१ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले सो घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि उहाँले सो घटना र कान्ति बाल अस्पतालमा उपचारको अभाव ज्यान गुमाएकी पाँच वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना पाँच वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरू छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’’

बैठकमा सांसदहरूले ती दुवै आपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।